विपन्न परिवारलाई महिनामा ५ किलो नुन

काँक्रेविहार (सुर्खेत) । मुगुको छायाँनाथ रारा नगरपालिकाले विपन्न परिवारलाई प्रत्येक महिना ५ किलो आयोडिनयुक्त नुन निःशुल्क रुपमा दिने भएको छ ।
गरिबसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत यहाँका ४ हजारभन्दा बढी विपन्न परिवारलाई वडा कार्यालयमार्फत प्रत्येक महिना घरघरमा नुन उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए ।
jutta mela
नुन किन्न सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले वडाबाटै नुन किनेर दिने नीति अवलम्बन गरेको छ । विपन्न घरधुरीलाई उपलब्ध गराएको परिचयपत्रका आधारमा नुन दिने व्यवस्था गरिएको हो । परिचयपत्रको नवीकरणसमेत वडा कार्यालयमार्फत हुने भएको छ ।

 

नागरिकताको आधारमा ५ पोका नुन लिन विपन्न समुदायहरु गाउँदेखि सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ । वडाबाटै नुन उपलब्ध हुने भएपछि सदरमुकाम पुग्नुपर्ने समस्या सधैंका लागि समाधान हुनेछ ।

 

नगरपालिकाभित्र बाँझो जमिनलाई खेती गर्न नगरपालिकाले विशेष नीति ल्याएको छ । अन्नमा परनिर्भरता अन्त्य गरी खेतीयोग्य जमिन उत्पादनमूलक बनाउन विशेष योजना बनाएको नगरप्रमुख भामले बताए । सिमीलगायतका दालजन्य बाली जिल्ला बाहिर निकासीका काम भइरहेको उनले बताएका छन् ।

 

“हामीले आफैलाइ गरिब सोचेर समस्या भयो”, नगरप्रमुख भामले भने, “कृषकको उत्पादन र मासुजन्य वस्तु बजारीकरण गर्न हाटबजारको व्यवस्था गरेका छौँ । बधशाला सञ्चालन गर्न नगरपालिकाले पहल गरेको छ ।”

 

कृषकलाई बीउ वितरण र कृषि प्राविधिक गाउँ पठाएर नगरपालिकाले कृषिजन्य वस्तु उत्पादनमा जोड दिएको छ । रासस
You might also like

Comments are closed.