फेवा महोत्सव जारी, पर्यटक दौडमा ३५ सहभागी

पोखरा । पोखराको फेवा किनारमाजारी १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव अन्तर्गत दोश्रो दिन शुक्रबार आयोजित पर्यटक दौड प्रतियोगिताको उपाधि डेविड नर्धोफले जितेका छन् ।

यसैगरी प्रतियोगितामा फ्रान्सका म्याक्सल्यापलेस द्वितीय भए । रिच अष्टिनले तृतीय स्थान हासिल गरेका छन् ।
महिलातर्फको छुट्टैमुल्यांकनमा नेदरल्याण्डकी सिज्ने भिनस्तिया प्रथम, न्यूजिल्याण्डकी ह्यारियट म्याकेन्जीद्वितीय र बेल्जियमकी एलिन रिस्की तृतीय भए ।

लेकसाइडस्थित पिस प्लाजा होटल अगाडिबाट सुरुभएको दौड ड्यामसाइड पुगी समापन भएको थियो । तीन किलोमिटर लामो दौडमा कूल ३५ पर्यटक सहभागी भएको प्रतियोगिताका संयोजक हेमराज पहारीले जानकारी दिए ।

jutta mela

स्पेन, अमेरिका, नेदरल्याण्ड, म्यान्मार, इजरायल, वेलायत, अष्ट्रेलिया, फ्रान्स लगायतका देशकापर्यटकले प्रतियोगितामा भाग लिएका थिए ।
प्रथम हुनेले पोखरा अल्ट्रालाइटका तर्फबाटअल्ट्रालाइट फ्लाइट, होटल ग्लेसियरमा खाना र बास, सिइङ ह्याण्ड्स ब्लाइन्ड मसाजक्लिनिकका तर्फबाट निःशुल्क मसाज, मायाको चिनो र प्रमाणपत्र पुरस्कार पाए ।

यसैगरी द्वितीय हुनेले अन्नपूर्ण प्याराग्लाइडिङका तर्फबाट आधि घण्टाको उडान, ब्यञ्जन बारएण्ड ग्रिलको तर्फबाट रातको खाना, मायाको चिनो र प्रमाणपत्र पुरस्कारस्वरुप प्राप्त गरे। तृतीय पुरस्कारस्वरुप निशुल्क टिसर्ट र निःशुल्क मसाज सेवा प्रदान गरियो ।

रन फर फन नाम दिइएको प्रतियोगिताकाविजेतालाई पोखरा महानगरपालिका वडा १७ कि अध्यक्ष राधिका कुमारी शाही, महोत्सवआयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए ।

गोर्खा ब्रुअरी मुख्य प्रायोजक रहेको फेवा महोत्सवलाईनेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेका हुन् । आयोजक संघका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले कार्यक्रम सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.