नयाँ वर्षमा टिभिएसले ल्यायो ‘टिभिएस मेरो साथी’ लाइफटाइम वारेन्टी अफर

काठमाडौं । नेपाली टु व्हीलर मार्केटमा टेक्नोलोजी चयाम्पियनस्को रुपमा स्थापित टिभिएसले नयाँ वर्षको अवसर पारेर ‘टिभिएस मेरो साथी’ स्किम सार्वजनिक गरेको छ ।

‘टिभिएस मेरो साथी’ स्किम अन्तर्गत ग्राहकले उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ तथा नवीन प्रविधि रहेको टिभिएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुबिधा उपलब्ध गराउने भएको छ ।

गुणस्तर र टेक्नोलोजी फ्रेन्डली सवारी साधनको उत्पादनमा सधैँ अगाडी रहेको यस ब्राण्डले पछिल्लो समय बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ता सामु निकै ठूलो प्रभाव पार्न सफल बनेको छ ।

jutta mela

स्मार्ट कनेक्ट , रेस ट्युन्ड फ्युल इन्जेक्सन, विभिन्न राइड मोडस् र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्न सफल टिभिएस बजारको लिडिङ् टेक्नोलोजी फोकस्ड ब्राण्ड हो ।

‘टिभिएस मेरो साथी’ स्किम अन्तर्गत ग्राहकले टिभिएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुबिधा उपलब्ध गराएको छ भने हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक, sure–shot क्यास डिस्काउन्ट र एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, बजारकै सबैभन्दा कम इएमआई तथा सजिलो फाइन्यान्स सुबिधा जस्ता आकर्षक अफरहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो अफर २०८० चैत ३० देखि सुरु भई सिमित अवधिको लागि देशैभर लागु हुनेछ ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टिभिएसका दुई पाँङ्ग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत कायम र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको छ ।

गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाको उपलब्ध हुनुु नै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।

You might also like

Comments are closed.