भुलभुला देवी मेलाको अवसर पारी ट्रष्ट भवन उद्घाटन

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ पुुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रष्ट भवन एक कार्यक्रमका बीच शनिवार उद्घाटन गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं ३३ कार्यलयबाट भुलभुला देवी मन्दिर संरक्षण समितिलाई ट्रष्ट निर्माणका लागि विनियोजित ८ लाख ५० हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो ।

भवनको भुलभुला देवी मेलाका अवसरमा पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्दै नवनिर्मित ट्रष्ट भवन मन्दिरको नियमित पूजाआजाका साथै विभिन्न धार्मिक अनुुष्ठानमा बहुउपयोगी बन्ने विश्वास लिइएको वडा बताए ।

ढोर बाराही र छाब्दी बाराहीकी कान्छी बहिनीका रुपमा प्राचीन कालदेखि पूजाआजा गरिदै आईएको भुलभुला बाराही मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न वडा कार्यालयले विभिन्न पूूर्वाधार विकासका कामलाई जोड दिदै आएको छ । वडा कार्यालयले मन्दिर नजिकै रहेको डुुँडेको रहलाई पर्यटकीय रुपमा विकास गर्न समेत त्यहाँको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

नमुुना युवा क्लब पुडिटारको आयोजनामा भुलभुला देवी मेलाको अवसर पारी यही चैत २७ गतेदेखि बैशाख १ गतेसम्म दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुति रहेको मेलामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश नेपालका अनुुशासन विभाग प्रमुख रामप्रसाद ढकालले सञ्चालन गरेका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.