होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न, टेक्निसियन पुरस्कृत

काठमाडौं । होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न भएको छ । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सिप र दक्षता अभिवृद्धी गर्ने र बिक्रि पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ कन्टेस्ट आयोजना गरेको हो ।

कन्टेस्टमा एस.टि.सि वर्कशप टेकुका प्रलाद दाहालले प्रथम पुरस्कार प्राप्त गरे । त्यसैगरी ओम सत्य साही अटो सिटि प्रा.लि इटहरीका गजेन्द्र बुढाथोकी द्वितीय र एस.टि.सि वर्कशप कोहलपुरका सन्तोष अर्जेलले तृतीय पुरस्कार प्राप्त गरेका छन् ।

प्रथम हुनेले नगद ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार साथै सबै सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । होण्डाको ट्रेनिङ सेन्टर ग्वार्को ललितपुरमा भएको कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रिय अध्यक्ष प्रदिप घिमिरे तथा स्याकार ट्रेडिङका विभिन्न डिभिजन प्रमुख सहभागी थिए ।

jutta mela

प्रतियोगिता अवधिभर होण्डा जापानले उपलब्ध गराएको मार्ग निर्देशन अनुशार टेक्निसियनहरु होण्डा स्टयान्डर्ड प्रोसिडयुअर अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएको बताइएको छ ।

नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनि प्रा.लि अन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्रबाट २/२ जना छनोट गरी राष्ट्रिय स्तरको प्रतियोगितामा सञ्चालन गरिएको छ ।

स्याकार ट्रेडिङ कम्पनीले विगत केहि वर्ष देखि यस्ता खालका कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको छ । यस्ता कार्यक्रमले टेक्निसियनको कार्यदक्षता अभिवृद्धि हुनुका साथै आगामी दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको कम्पनीले जनाएको छ ।

स्याकार ट्रेडिङ कम्पनीका सर्भिस् जेनेरल मेजेर सिताराम न्यौपानेले होण्डाका मोटरसाइकल तथा स्कुटर नेपालीमाझ लोकप्रिय बनाउन टेक्निसियनको महत्वपूर्ण भुमिका रहेको र टेक्निसियनको सिप तथा ज्ञानको उचित प्रयोग गरी आगामी दिनमा नेपाली ग्राहकलाई अझ उच्चस्तरको सेवा पु¥याउन यस किसिमको प्रतियोगिता कोशेढुंगा हुने बताएका छन् ।

कार्यक्रममा ५ प्रदेशका उत्कृष्ट टेक्निसियनका अलावा काठमाडौं उपत्यकाभित्रका धेरैजसो डिलरहरु सहभागी थिए ।

You might also like

Comments are closed.