पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि भएको छ । मङ्गलबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो ।

नेपाल आयल निगम लिमिटेडले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पाेरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थकोप्रति लिटर २ रुपैयाँ ९६ पैसा र डिजेलको प्रतिलिटर ३ रुपैयाँ ४६ पैसा मूल्य बढेको हो ।

नयाँ खुद्रा मूल्यअनुसार पेट्रोलप्रति लिटर रुपैयाँ १७८, डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ १६१ पुगेको छ । पहिलो वर्गअन्र्तगतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य १७५ रुपैयाँ ५० पैसा तोकिएको छ ।

jutta mela

यस्तै दोस्रो वर्ग अन्र्तगतको सुर्खेत र दाङ्का लागि १७७ रुपैयाँ मूल्य रहेको छ भने तेस्रो वर्गअन्र्तगतको काठमाडौं, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य १६१ रुपैयाँ कायम गरिएको छ । रासस

You might also like

Comments are closed.