अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबलको उपाधि बौदीकालीलाई

रामपुर (पाल्पा) । अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल खेलको उपाधि बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको छ ।

पाल्पाको निस्दी गाउँपालिकामा आयोजना भएको प्रतियोगिताको फाइनलमा चापाकोट नगरपालिका स्याङ्जालाई ३–० को सोझो सेटले हराउँदै बौदीकालीले उपाधि चुम्न सफल भएको छ ।

फाइनल खेलमा पहिलो, दोस्रो र तेस्रो सेट बौदीकालीले २५–२२, २५–१८ र २५–१४ अङ्कसहित जित निकाल्दै उपाधि आफ्नो हातमा पार्न सफल भएको हो । चापाकोट उपविजेता बनेको छ । प्रतियोगितामा घिरिङ गाउँपालिका तनहुँले तृतीय स्थान ओगटेको छ ।

jutta mela

निस्दी गाउँपालिकालाई २५–१३, २५–२२ र २८–२६ अङ्कसहित ३–० को सोझो सेटमा पराजित गर्दै घिरिङ तृतीय भएको छ भने निस्दी गाउँपालिका सान्त्वना भएको छ ।

उत्कृष्ट खेलाडी बौदीकाली गाउँपालिकाका विश्वास अधिकारी, उत्कृष्ट स्पाईकर बौदीकाली गाउँपालिकाका अशोक श्रेष्ठ, उत्कृष्ट सेटर बौदीकालीका दानबहादुर गाहा, उत्कृष्ट डिफेण्डर चापाकोट नगरपालिकाका राजन दर्लामी, उत्कृष्ट सर्भर घिरिङ गाउँपालिकाका सुजन राना, उत्कृष्ट ब्लकर चापाकोटका विवश थापा र उत्कृष्ट कोच बौदीकालीका सञ्जित सिंजाली घोषित भएका छन् ।

प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले पुरस्कार वितरण गरे । विजेता टोलीले नगद रु एक लाख ३० हजार, द्वितीयले रु ८० हजार, तृतीयले ५० हजार र सान्त्वना टोलीले रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका गरी छ समुहले प्रतियोगितामा सहभागीता जनाएका थिए । दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सवको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरिएको हो । रासस

 

You might also like

Comments are closed.