नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १९ सय ९१ दशमलव ७१ मा सिमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव २६ अङ्कले ओरालो लागेर ३५३ दशमलव ५१ मा सिमित भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।
jutta mela
नेप्सेका अनुसार कूल ५४ लाख ७१ हजार ६८ कित्ता शेयर रु २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ५९ लाख ७८ हजार १६३ बराबरको कारोबार भएको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स रु ७ करोड ४३ लाख ५३ हजार ५७२, पोखरा फाइनान्स रु ६ करोड ६८ लाख ९८ हजार २१४, सर्वोत्तम सिमेन्ट रु ४ करोड ५९ लाख ८१ हजार ४३४ र शिवम् सिमेन्ट रु ४ करोड ४७ लाख ४३ हजार ७०७ बराबर कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
एसबिएस ऋणपत्र ९ दशमलव ९९, गोर्खाज फाइनान्स ९ दशमलव ९६, सिभिल बैंकको ऋणपत्र  ८ दशमलव १९, ग्रीन डेभलपमेन्ट बैंक ५ दशमलव ०२ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ०४ प्रतिशतले कमाएका नेप्सेले जनाएको छ ।
त्यस्तै, रुरु जलविद्युत् परियोजना १०, पोखरा फाइनान्स ६ दशमलव ७४, सिवाइसी नेपाल लघुवित्त ६ दशमलव ५०, डोल्टी पावर ५ दशमलव ६० र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ५ दशमलव ०६ प्रतिशतले गुमाएका छन् । रासस
You might also like

Comments are closed.