फेसियल हाउसको शाखा अब भरतपुर सिजि ल्याण्डमार्कमा

चितवन । बरिष्ठ सौन्दर्यविद् सुष्मा महरा सञ्चालक रहेको फेसियल हाउसले सेवा विस्तार गरेको छ । फेसियल हाउसको साताँै शाखा भरतपुरस्थित सिजि ल्याण्डमार्कमा खुलेको हो ।
भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले फेसियल हाउस चित्वनमा आयोजित समारोहमा शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै भरतपुरको समृद्वि यात्रामा फेसियल हाउस विस्तार उपयोगी हुने बताए ।

 

उनले स्मार्ट सिटि भरतपुर बनिरहँदा सौर्यन्दसँग सम्बन्धित व्यवसायले थप टेवा पुग्ने विश्वास व्यक्त गरे । हरियाली र सौर्यन्दय करण उन्मुख बनिरहेको भरतपुरमा फेसियल हाउसले राम्रो भूमिका खेल्ने बताए । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराले सेवाग्राहीहरूले देशभर गुणस्तरीय सेवा खोज्न थालेपछि फेसियल हाउसको शाखा अन्य स्थानमा पनि क्रमशः विस्तार गरिने बताइन् ।
“सुन्दर देखिने चाहना सृष्टिको आदिकालदेखि नै सबैलाई रहँदै आएको पाइन्छ उनले भनिन्, समयको परिवर्तनसँगै यो चाहना महिला र पुरुष दुबैमा बढ्दै आएको छ ।”  उनले आजको प्रतिष्पर्धात्मक समयमा व्यक्तिको बौद्धिक क्षमतासंगै उसको आवरणीय सुन्दरताको महत्व र आवश्यकतालाई निर्विवाद रुपमा प्राथमिकता दिन थालिएको बताईन् ।

 

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले आर्थिक मन्दीको यस्तो अवस्था रहेको बेलामा र वित्तीय क्षेत्रले समेत लगानी गर्न नसकेको अवस्थामा यस ठाउँमा लगानी गरेर व्यवसाय स्थापना गरेप्रति फेसियल हाउसलाई धन्यवाद दिए ।

 

काठमाडौं मलको चौथो तलामा प्रमुख शाखा रहेको फेसियल हाउसले चावहिल केएल टावर, पोखरा, सुर्खेत, धनगढी र हाल चितवनमा पनि सेवा विस्तार गरेको छ । फेसियल हाउसले नेपालमा नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्र्याएको छ । फेसियल हाउसले हेयर, व्युटी र स्किन केयर संगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरु दिदै आएको छ ।

 

चितवनका मानिसहरुले गुणस्तरीय सेवा खोज्न थालेपछि यस स्थानमा गुणस्तरीय सेवा प्रदान गराउने उद्धेश्यले फेसियल हाउसको शाखा खोलिएको बताएकी छन् । फेसियल हाउसको भरतपुर शाखामा एकै पटक १५  जना भन्दा बढि सेवाग्राहीले सर्भिस लिने सक्नेछ । फेसियल हाउसले ब्यूटीसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप , माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै्र सेवा दिँदै आएको छ । अन्य शाखाबाट पाउने जस्तै सम्पूर्ण सेवा भरतपुर शाखाबाट त्यस क्षेत्रका सेवाग्राहीले प्राप्त गर्नेछन् ।

 

फेसियल हाउसले हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको छ । फेसनेबल कलरहरु प्रयोग गर्ने फेसियल हाउसले चायापोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको महराले जानकारी दिइन् । ‘सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवाहरु हामीले उपलब्ध गराउँदै आइरहेका छौं,’ उनले भनिन् ।

 

नेपालको नम्बर वान व्युटिसैलुनको अवार्ड पाइसकेको फेसियल हाउस स्थापनाको १६ वर्ष पुरा भइसकेको छ । पछिल्लो समय नाम कपी गर्ने क्रम बढेको बताउँदै महराले फेसियल हाउसको ब्राण्डप्रति नझुक्किन सम्पूर्ण सेवाग्राहीमा आग्रह गरेकी छन् ।

 

‘फेसियल हाउसको नामको अगाडि वा पछाडि नाम जोडेर कपी गर्ने क्रम पनि बढेको छ,’ उनले भनिन्, ‘फेसियल हाउस मात्रै लेखेको मात्रै हेर्नुहोस् । जहाँ मेरो (सुस्मा महरा) फोटो समेत देख्न सकिन्छ ।’ आफ्ना ग्राहकको स्वास्थ्यलाई विशेष ख्याल गर्दै फेसियल हाउसमा प्रयोग हुने सबै औजारहरु पूर्ण रुपमा निर्मलीकरण गर्नुका साथै व्यक्तिको छाला तथा कपालहरु परीक्षण गरेपश्चात मात्र कस्मेटीकको प्रयोग गर्ने गरिन्छ । फेसियल हाउसले कस्टमर केयरको लागि छुट्टै डेस्कको व्यवस्था गरेको छ ।

 

नेपालीहरुको छाला र कपाललाई मध्यनजर गर्दै चीन, कोरिया, मलेशिया, थाइल्यान्ड र कोरियाको कम्पनीहरुसंग सहकार्य गरेर हर्वल व्युटी, हेयर कस्मेटीक होलसेल तथा रिटेल सेवा पनि फेसियल हाउसले दिदै आएको छ । केही समयभित्र नै नेपालमा नै हर्वल कस्मेटीक उत्पादन गर्ने लक्ष्य पनि फेसियल हाउसले लिएको छ । सौन्दर्य सम्बन्धी सेवामा मात्र सीमित नभई फेसियल हाउसले फेसियल हाउस अफ कस्मेटीक, फेसियल हाउस ब्युटी एकेडेमी र फेसियल हाउस ईन्टरटेन्मेन्टबाट पनि आफुलाई बिस्तारित र बहुआयामिक योजनाको धनी बनाएको छ ।
को हुन् सुस्मा महरा ?
फेसियल हाउसलाई कुशल नेतृत्व प्रदान गर्दै त्यसलाई ग्राहकहरु माझ आवश्यकता अनुसार परिमार्जन र परिस्कृत गर्न दक्ष र सक्षम व्यक्ति हुन् फेसियल हाउसकी सञ्चालिका सुष्मा महरा । उनको सोच र निर्देशनमा अघि बढिरहेको दक्ष सहयात्रीहरुको मेहनतबाट फेसियल हाउस नेपाली परिवेशमा सौन्दर्य सम्बन्धी सेवा दिने संस्थाहरुमा आफ्नो विशेष पहिचान बनाउन सफल हुँदै आफ्नो स्थापनाकालको १६ औँ वर्षको दौडमा रहँदै गर्दा देशमै अग्रस्थान हासिल गर्न सफल भएको छ ।

 

सौन्दर्य पेशासंग मुलुकभर हजारौं महिला पुरुष संलग्न रहेका छन् । यही पेशालाई व्यवसायको रुपमा अंगालेर सफलता हासिल गरी आप्mनो अलग पहिचान बनाउने सीमित व्यक्तिहरुमध्येको पनि एक नाम हो सुस्मा महरा । महराले वि.स. २०५५ सालबाट सौन्दर्य पेशा अंगाल्दै महिलाहरु व्यावसायिक रुपमा आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै फेसियल हाउसको जन्म भएको हो । त्यसबेला नेपाली समाजमा घरपरिवारमा निकै ठूलो चुनौती थियो पार्लर व्यवसाय गर्न ।

 

व्यवसायिक यात्रा भने २०६४ सालदेखि ६ जना रोजगारी प्रदान गर्दै सुरु भएको थियो । यो चुनौतीको सामना गर्दै काठमाडौं मलको चौथो तल्लामा फेसियल हाउसको शुभारम्भ भएको हो । सुस्मा महराले व्युटीसियन पेशा अंगालेको २६ बर्ष भएको छ । यहाँसम्म आइपुग्दा फेसियल हाउस काठमाडौं उपत्यकाभित्रको मात्र नभई नेपालकै उत्कृष्ट लेडिज एण्ड जेन्स शैलुन बन्न पुगेको छ । १८० भन्दा बढी व्युटीसियनलाई फेसियल हाउसले रोजगारी प्रदान गरेको छ । नेपालमा अझैपनि व्युटीसियन पेशालाई मर्यादित र सम्मानित पेशा बनाउनु निकै चुनौतीपुर्ण रहेको उनी बताउछिन् ।
You might also like

Comments are closed.