८५ यूनिट रगत सङ्कलन

पोखरा । यूनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ यूनिट रगत सङ्कलन भएको छ ।

क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ५ औँ दिन आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका हुन ।

पोखरा महानगरपालिका वडा नम्वर १० का वडाध्यक्ष राजेश गुरुङले यूनाइटेड क्लबले पोखरा १० मा स्थापना भएतापनि सामाजिक कार्यमार्फत पोखरा बाहिर समेत पुगेर सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

jutta mela

जाजरकोटको भुकम्प देखि पूर्व र पश्चिममा विपदमा परेकालाई यूनाइटेड क्लबले सहयोग गरेको बताउदै यूनाइटेडको हरेक अभियानम आफ्नो साथ र सहयोग रहने उनको भनाइ रहेको छ ।

रक्तसञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसीले हरेक तीन महिनामा रक्तदान गर्न सके शरिर स्वस्थ बन्ने बताए । रक्तदानले अर्काको जीवन बचाउने मात्र नभई आफुलाई समेत स्वस्थ बनाउन सहयोग पुग्ने उनको भनाइ रहेको छ ।

क्लबका कार्यसमिति सदस्य तथा रक्तदान कार्यक्रमका संयोजक जयराम आचार्यले यूनाइटेड क्लबले हरेक वार्षिकोत्सवको अवसरमा रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको र यो पटक पनि रक्तदान कार्यक्रमको आयोजना गरी रक्त अभावलाई कमी गर्ने अभियानलाई निरन्तरता दिएको बताए ।

रक्तदान कार्यक्रममा ब्राभो ट्रनिङ सेन्टर, टास्क फोर्स ट्रेनिङ सेन्टर, एबीसी ड्राइभिङ, पिसपोखरा ड्राइभिङ, स्थानिय र क्लबका पदाधिकारी, कार्यसमिति सदस्य, आजिवन सदस्य, सल्लाहकार लगायतले रक्तदान गरेका थिए ।

यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव दिनेश सुनारले गरेका हुन् । यसैबीच सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पोखरा १५ टुटंगामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामााग्री वितरण गरिने समेत महासचिव सुनारले जानकारी दिए ।

You might also like

Comments are closed.