यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

पोखरा । यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ ।

क्लबले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको छैँठौ दिन बिहीबार पोखरा आरोग्य आश्रममा आश्रितहरुलाई लक्षित गरी खाद्यान्न सामाग्री वितरण गरेको हो ।

खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बानियाँले पोखरा आरोग्य आश्रममा आश्रितहरुलाई लक्षित गरि खाद्यान्न सामाग्री वितरण गरेकोमा क्लव परिवार प्रति आभार प्रकट गर्दै यूनाइटेड क्लबको सामाजिक कार्यलाई लक्षित गरी आगामी आर्थिक वर्षदेखी वडाले रातो किताबमा समेटेर बजेट बिनियोजन गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे ।

jutta mela

त्यस्तै पछिल्लो समय कुष्ट प्रभावितको संख्या विस्तारै वढ्दै गएको र आफ्नो वडामा समेत हाल ४ जना मानिसमा कुष्ठरोग देखा परेकाले यसको बारेमा सचेत बन्दै जनचेतना फैल्याउन आवश्यक रहेको समेत बताए ।

नेपाल कुष्ठरोग निवारण संघका केन्द्रीय उपाध्यक्ष नारायण शर्माले महोत्सव गर्नु आफैमा गाह«ो काम भएका बताउदै गाह«ो कामबाट बचत भएको रकम सामाजिक सेवामा खर्चिनु अत्यन्तै राम्रो काम भएको बताए ।

कुष्ठरोग निवारण संघ कास्कीका अध्यक्ष सुभाष तझ्याले पोखरा आरोग्य आश्रम कुष्ठ प्रभावितका लागि स्थापना गरिएको बताउदै हाल संघमा १३ जना आश्रित रहेको र उनीलाई विभिन्न संघ संस्था तथा व्यक्तिको सहयोगमा नै खाद्यान्न उपलब्ध गराउदै आइरहदा यूनाइटेड क्लबको सहयोग पाउदा धेरै राहत पुगेको बताए ।

संघको संयोजनमा कुष्ठ प्रभावितहरुलाई लक्षित गरी पोखराको लामतरामा १८ र ठूलिमझुवामा १२ परिवारलाई बासस्थानको व्यवस्था मिलाएको भएतापनि उनीहरुले सरकारबाट भत्ताबाहेक केही नपाएको बुझिएको छ । वस्तीहरुका १८ जना विद्यार्थीले छात्रवृत्तिमार्फत पढाइ भइरहेको समेत उनले वताए ।

कार्यक्रममा यूनाइटेड क्लबका कार्यसमिति सदस्य तथा खाद्यान्न वितरण कार्यक्रमका संयोजक पूर्णकुमार श्रेष्ठले यूनाइटेड क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा गत बैशाख १ गते देखी सप्ताहव्यापी कार्यक्रम गर्दै आइरहेको र सोही क्रममा छैठौँ दिनको दिन पोखर आरोग्य आश्रममा आश्रितलाई खाद्यान्न वितरण गरिएको बताए ।

यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले क्लबले १४ औँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वैशाख १ देखी ७ गतेसम्म शिक्षा, स्वास्थ्य, विभिन्न आश्रममा पुगी खाद्यान्न तथा विभिन्न सहयोग गर्दै आइरहदा छैठौँ दिन पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण गरेको बताए ।

क्लबले सेती नदी संरक्षणका लागि समेत रकम छुट्याउदै आएको र सेती नदीसंग जोडिएका पोखरा महानगरका वडाहरुसंग सहकार्य गरेर सेती नदीमा साहसिक पर्यटकीय गन्तव्य बनाउनका लागि समेत सहकार्य गर्न तयार रहेको अध्यक्ष श्रेष्ठले बताए । क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका हुन् ।

 

You might also like

Comments are closed.