रासायनिक मल काठमाडौं ढुवानी

चौतारा (सिन्धुपाल्चोक) । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौंतर्फ धमाधम ढुवानी भइरहेको छ ।

करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौंतर्फ ढुवानी भएको हो ।

कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि ३५ सय टन मल काठमाडौं पठाइएको भन्सार कार्यालयले जनाएको छ ।

jutta mela

तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार ३५ सय टन मलमध्ये हालसम्म १२ सय टनभन्दा बढी मल जाँच पास भएर काठमाडौं पुगेको छ । बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाले चाँडै नै काठमाडौं पुग्नेछ । रासस

You might also like

Comments are closed.