गण्डकीमा आगामी वर्ष लगानी सम्मेलन

पोखरा । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले पुँजिगत खर्च बढाउन सरकारको विषेश ध्यान जाने बताएका छन् । मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री चुमानले बिगतदेखि नै प्रदेश सरकारले खर्चदर बृद्धि गर्ने कुरा गर्दै आएको र यो पटक कार्यान्वयन गर्ने बताए ।

आगामी वर्ष लगानी सम्मेलन गर्ने पहिलो निणर्य गर्दै मन्त्री चुमानले लगानी सम्मेलन अध्ययन कार्यदल समेत गठन गर्ने निर्णय गरे । आर्थिक मन्त्रालयको सचिवको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको हो ।

नयाँ सरकारले प्रदेशको नीतिगत समस्या समाधान, प्रदेशप्रति थप सचेतना तथा औद्योगिक पुर्वाधारको विकास, आर्थिक स्रोतबृद्धिका लागि आवश्यक कदम चाल्ने उनको भनाई छ। पदभार ग्रहण लगत्तै कर्मचारीहरुलाई विशेष निर्देशन दिदै उनले सामान्य प्राविधिक कमजोरीलाई टेकेर रातो कितावका योजना समेत कार्यान्वयनमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

jutta mela

बजेट खर्च गर्ने परिपाटीमा पनि आगामी आर्थिक वर्षमा सुधार गरेर लैजाने उनको भनाई छ । इन्भेष्ट गण्डकीमा पर्यटनलाई प्राथमिकतामा राखिएको छ । औद्याोगिक पूर्वाधार, जलविद्युतलाई समेटेर एक अबधारण पत्र तयार गरि अगाडि बढिने मन्त्रालयले तयारी सुरु गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

लगानी सम्मेलनसंगै आगामी पन्चवर्षीय योजनालाई त्यसकै आधारमा प्रभावकारी बनाउने सरकारको तयारी छ ।

You might also like

Comments are closed.