विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति र संस्थालाई ‘एक्जिटो एक्सेलेन्स अवार्ड’

काठमाडौं । सामाजिक, व्यावसायिक तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई ‘एक्जिटो एक्सेलेन्स अवार्ड २०२४’ प्रदान गरिएको छ । यात्रा प्लस र एक्जिटो इभेन्टले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अवार्ड प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगर, विशेष अतिथि रमेश कुमार सिलवाल लगायत अतिथिहरुले सम्मानित व्यक्तिहरुलाई अवार्ड प्रदान गरेका हुन् ।

डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खाली, शिक्षाविद् भुवनलाल श्रेष्ठ, लेखक महेश शमशेर राणा, पत्रकार सुरेन्द्र पौडेल, पाइलट विजय लामा, अपेनका महासचिव कृष्णकुमार बोहरा, युनिभर्सिटी अफ थ्रि जेनेरेसनका अध्यक्ष डा. राजेन्द्र केसी सम्मानित भएका छन् ।

होटलियर सञ्जीव थापा, तारेगन आइटीका फाउन्डर जितेन्द्र यादव, एभरेष्ट भक्तपुर स्कुलका संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारी, हाम्रो टिम नेपालका संस्थापक तथा अध्यक्ष विमल पन्त, टिभी शो होस्ट बिना श्रेष्ठ, मिडिया पर्सनालिटी प्रभात रिमाल, अभिनेत्री स्वस्तिमा खड्कालाई ‘बेस्ट एक्टर अवार्ड’ ले सम्मान गरिएको छ ।

जेए ग्रुपका कार्यकारी निर्देशक जश श्रेष्ठले ‘योङ एचिभर अवार्ड’, इन्फ्युइन्सर अंश वर्माले ‘बेस्ट इन्फ्युइन्सर अवार्ड’, पर्यटन उद्यमी अन्जन थापा ‘कुमार’ ले ‘टुरिजम इन्टरप्रेनर अवार्ड’, संगीतकार टंक बुढाथोकी सम्मानित भएका हुन् ।

नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीले ‘बैंकिङ लिडरसिप अवार्ड’, एडुप्रेनर प्रशान्त दाहालले ‘युवा एडुप्रेनर अवार्ड’, उद्यमी विष्णुबहादुर कार्कीले ‘बेस्ट हुमानिटेरियन अवार्ड’, फोटोग्राफर रमेश घिमिरेले ‘बेस्ट फोटोग्राफर अवार्ड’, र्यापर प्रशान्त मिस्टले ‘र्यापर अफ द इयर अवार्ड’, प्रदीप श्रेष्ठले ‘योङ इन्टरप्रेनर अवार्ड,’ र गायिक रचना रिमाललाई ‘बेस्ट सिंगर अवार्ड’ प्रदान गरिएको छ ।

त्यस्तै, केएमसी कलेजले बेस्ट प्लस टु कलेजको अवार्ड प्राप्त गरेको छ भने मेगा बिजनेस ग्रुपले बिजनेश एक्सलेन्स अवार्ड प्राप्त गरेको छ । इक्यानका अध्यक्ष शेषराज भट्टराईले ‘बेस्ट एजुकेसनल कन्सल्टेन्सी एशोसिएसन अवार्ड’ प्राप्त गरेका छन् ।

टेकस्पायर कलेजका सीईओ तथा प्रिन्सिपल लक्ष्मण पोखरेलले ‘इमर्जिङ आईटी कलेज अवार्ड’, जेम्स स्कुलका कार्यकारी निर्देशक बरुण खड्काले ‘बेस्ट स्कुल अवार्ड’ ब्रिज इन्टरनेशनलका सीईओ भुवन गिरीले ‘बेस्ट कन्सल्टेन्सी अवार्ड’ प्राप्त गर्न सफल भएको यात्रा प्लसका सिइओ अनुजा आचार्यले जानकारी दिइन् । एक्जिटो इभेन्ट्सका निर्देशक सफ्रिन सिलवालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.

Secret Link