क्यान्सर पीडितलाई ५ लाख हस्तान्तरण

दमौली (तनहुँ) । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु राना मगरलाई रु ५ लाख सङ्कलन गरी हस्तान्तरण गरिएको छ । उनको उपचारका लागि देशविदेशबाट उक्त रकम सङ्कलन गरिएको हो ।

पीडितको बारेमा जानकारीसहित सामाजिक सञ्जालमा सहयोगको अपिल गरिएकामा देशविदेशबाट रु ५ लाख ३९ सय सङ्कलन भएको वडा सदस्य कुमार मगरले जानकारी दिए । उक्त रकम वडा सदस्य मगरले पीडितका बुबा डिलबहादुर रानालाई शनिबार हस्तान्तरण गरे ।

“पीडितको उपचारमा सघाउने मनकारी भेटिएका छन् । सहायता रकम सङ्कलनकोे क्रम जारी छ” उनले भने । मगरको हाल भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

पीडितलाई सहयोग गर्न चाहनेले निर्मला सारु मगरको नाममा खोलिएको एनएमबी बैङ्को खाता नम्बर १९७०१७५४४८९०००१० मा सहयोग रकम दाखिला गर्न वडा सदस्य मगरको अनुरोध छ । रासस

You might also like

Comments are closed.