टोयोटा विमन्स मोटर ¥याली २०२४ सम्पन्न, बिजेता बनिन् शाक्य

काठमाडौं । टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले मोटर ¥याली सम्पन्न गरेको छ ।

सडकमा सुरक्षित यात्रा गर्न र महिला सहभागितालाई प्रोत्साहन गर्न आयोजना भएको टोयोटा बुमन्स ¥यालीमा राज्यलक्ष्मी शाक्यले प्रथम पुरस्कार हात पार्न सफल भएकीछिन् ।

¥यालीमा सहभागी ५५ जनामध्ये उनले पहिलो स्थान ओगटेकी हुन् । शाक्यले टोयोटा नेपालको तर्फबाट ५० हजार रुपैयाँ बराबरको चेक र ट्रफि प्राप्त गरेकीछिन् । यस्तै, दोस्रो हुन सफल रिन्छेन लामाले ३० हजार र ट्रफी, तेस्रो भएकी स्वस्तिका महर्जनले २० हजार र ट्रफी प्रात गरिन् ।

jutta mela

धुम्बाराहीबाट गोकर्ण रिसोर्टसम्म ३० किलोमिटरको ¥याली निकालिएको हो । कार्यालयबाट सुरु भएको ¥याली नारायण गोपाल चोक, भाटभटेनी मन्दिर, जमल, न्युरोड, भद्रकाली मन्दिर, त्रिपुरेश्वर, बानेश्वर, तीनकुने, एयरपोर्ट, गौशला, चाबहिल चोक, जोरपाटी हुँदै गोकर्ण फरेस्ट रिसोर्टमा पुगेर टुंगिएको बताइएको छ ।

आयोजक युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक रितु सिंह वैद्यले यस बुमेन्स ¥यालीले समय, गती र सुरक्षाको क्षेत्रमा राम्रो गरेको बताइन् । ‘आफ्नो जिन्दगीको गाडी आफैं हाँक्नुस्’ भन्ने सांकेतिक सन्देशसहित सुरु भएको ¥याली फलदायी भएको उनी बताउँछिन् ।

“हामीले ५० जनालाई मात्रै लक्षित गरेका थियौँ, धेरैले कार्यक्रममा सहभागी हुन उत्सुकता देखाएपछि लक्षय भन्दा बढी भयो, यस प्रतिस्पर्धा छिटो कुदाउने भन्ने होइन, कसले नियम पालना गर्छ ? कसले समय, गति, सुरक्षालाई ध्यान दिन्छ ? यसलाई मूल्याङ्कन गरिएको हो, यसबाट मनोवृत्ति व्यक्तित्व, आत्मविश्वास बढाउन यस कार्यक्रम आयोजना गरिएको हो” उनले भनिन् ।

अन्तर्राष्ट्रियस्तरमै कार राइडिङमा भाग लिएकी जिस्वाँ तुलाधर श्रेष्ठ टोयोटाको ¥यालीमा दोस्रो पटक सहभागी भएको बताउँछिन् । महिला चालकलाई प्रायः सजग भएर नचलाउने भन्ने बुझाई भएकाले यस ¥यालीले महिलाले राम्रोसंग चलाउन सक्दैनन् भन्ने नकारात्मक सोँचलाई चिर्ने र महिलालाई उत्प्रेरणा जगाएको सहभागी सरिता ज्ञवाली बताउँछिन् ।

२४ वर्षदेखि कार चलाउँदै आएकी उनले यस्तो खालको प्रतिस्पर्धाले जित्ने ऊर्जा र उत्प्रेरणा मात्र नभई ड्राइभिङ्ग भन्नासाथ पुरुषलाई नै सम्झिने गरिन्छ तर महिला पनि सुरक्षित चालक बन्न सक्छन् है भन्ने सन्देश दिएको बताइन् ।

सामाजिक सञ्जालमा बुमन्स ¥यालीबारे थाहा पाएपछि सहभागी हुने चाहना जागेको २३ वर्षीया मौनतारानी गौतम बताउँछिन् । सफ्टवेयर इञ्जिनियर गौतम यस ¥यालीले महिलाको सहभागिता बढी हुँदा धेरैसँग चिनजान गर्ने मौका जुरेको अनुुभव सुनाइन् ।

साथै सोही अवसरमा कार्यक्रमस्थलमा विभिन्न खालका करिव २० स्टलमार्फत उत्पादन प्रदर्शन गरिएको छ । २० वर्षअघि नेपालमा टोयोटाले बुमन्स ¥याली सुरु गरेको थियो । सन् २००४ बाट ¥याली सुरु गरेको टोयोटाको वुमन्स ¥यालीमा त्यतिबेला महिला चालकहरू कम थिए भने अहिले धेरै भएकाले सहभागितामा आकर्षण बढेको आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.