तोलामा रु २७ सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु २७ सयले ओरालो लागेको छ ।

सोमबार तोलामा रु एक लाख ३८ हजार २ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार ५ सयमा निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा रु एक लाख ३७ हजार ५ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार ८५० निर्धारण भएको छ ।

jutta mela

महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा रु ४५ ले गिरावट भएको छ । सोमबार प्रतितोला रु १७ सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने १६ सय ६० निर्धारण भएको छ । रासस

You might also like

Comments are closed.