सामुदायिक विद्यालयमा स्टेशनरी वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।

वडाभित्र रहेको तीन वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी स्टेशनरी सामाग्री वितरण गरेको हो ।

वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी कालिका नमुना मावि, कुंडहर आधारभुत प्रावि र पल टाँसी छ्योएलिङ गुम्बा विद्यालयमा गरी दुई सय थान स्टेशनरी सामाग्री वितरण गरेको बताइएको छ । जसअन्तर्गत कालिका माविलाई ८५ थान, कुँडहर आधारभुत विद्यालयलाई ६५ थान र पट टासी छ्योएलिङ गुम्बा विद्यालयलाई ५० थान स्टेशनरी प्रदान गरिएको वडाध्यक्ष रोजेश गुरुङले बताए ।

jutta mela

पोखरा महानगरभित्र रहेरपनि हालसम्म कम्प्युटर उपलब्ध नभएको कुँडहर आधारभुत विद्यालयमा यसअघि पाँच सेट कम्प्युटर समेत प्रदान गरिएको र यस सहयोगले विद्यार्थीले कम्प्यूटर शिक्षा प्राप्त गर्न सहज हुने वडाध्यक्ष गुरुङ बताउँछन् ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्यहरु नरदेवी गुरुङ, सुनिमाया नेपाली, परमेश्वर बहादुर कार्की, वडा सचिव दमयन्ती पराजुली, कालिका माविका प्रध्यानाध्यापक बलराम गिरी, कुँडहर आधारभुत विद्यालयका प्रध्यानाध्यापक नन्दकिशोर बराल, पल टासी छ्योउलिङ गुम्बाका विद्यालयका प्रमुख अनिता गुरुङ, कुँडहर आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनिता तिमिल्सिना, कालिका उच्च माविका विद्यालय व्यवस्थापन समितिक अध्यक्ष दिपक थापा लगायत सहभागी थिए ।

You might also like

Comments are closed.