टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर मात्र रु २ लाख ९९ हजार ९ सयमा

काठमाडौं । नेपालमा दिगो यात्रा प्रवर्द्धन गर्ने प्रतिवद्धताका साथ जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाईफ टाईम ब्याट्रि अस्योरेन्सको साथ टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ ।

नेपालीलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेको ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत हो । यही विषयलाई सम्बोधन गर्दै टिभिएसले आईक्यूबमार्फत नेपालमा ईलेट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्धेश्य राखेको छ ।

ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले ७०% एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्नेछन् । नेपालमा टिभिएस आईक्यूब र टिभिएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरु उपलब्ध हुनेछ । ग्राहकले मात्र रु २ लाख ९९ हजार ९ सयमा टिभिएस आईक्यूब खरिद गर्न पाउनेछन् ।

टिभिएस आईक्यूवका दुई पाङग्रे सवारी साधनले नेपालमा ४ लाख ११ हजार किलोमिटर यात्रा तय गरेर १० हजार २७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३ हजार ७६२ किलो कार्वन उत्सर्जन हुन रोकेको छ । विश्वमा टिभिएस आईक्यूवका करिव ३ लाख ग्राहकले अरिव १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९ हजार ५९० टन कार्वन उत्सर्जन हुनबाट रोकेका छन् ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले हामी हाम्रो पहिलो ईलेक्ट्रिक स्कुटर नेपालमा ल्याउन पाउँदा उत्साहित भएको बताए । “हामी विश्वस्त छौँ कि लाइफटाइम ब्याट्री एश्योरेन्सको साथ नेपालको स्कुटर बजारमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि हुनेछ” उनले भने ।

jutta mela

ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकले पाँच वर्षमै इन्धन र मर्मतमा रु १ लाख ३५ हजार बचत गर्न सफल हुनेछन् । पेट्रोलको मूल्य बढेसँगै यो बचत पनि बढ्नेछ । आईक्यूबका प्रत्येक ग्राहकले नेपालको पेट्रोल खपत प्रतिवर्ष करिव ३ सय लिटरले कम गर्नेछन् र कार्वन उत्सर्जन प्रति वर्ष ६९० केजिले घटाउनेछन् । जुन पेट्रोल आयात गर्ने र पर्यटकीय गन्तव्य रहेको नेपाल जस्तो देशको लागि ठूलो कुरा हो ।

आईक्यूबले ग्राहकलाई प्रिमियम साइलेन्ट राइडिङ अनुभवका साथ आरामदायी यात्रा दिन्छ । नेपालमा ३३ डिलरहरूमा उपलब्ध रहेको आईक्यूबको मूल्य रु २ लाख ९९ हजार ९ सयबाट सुरु हुनेछ ।

थप जानकारी प्राप्त गर्नको लागि ग्राहकले आधिकारिक वेबसाइट www.tvsnepal.com/iqube  मा भ्रमण गर्न सक्नुहुनेछ ।

आईक्यूबका केहि विशेषताहरु यसप्रकार छन्ः

  • Peak Power 4.6 kW, Torque 140 Nm
  • Rated power 3.34 kW
  • Top Speed – 78 km/h
  • Acceleration – 0-40 km/h in 4.2 seconds
  • Range on single charge – 100 kms
  • Parking Assist – Reverse/Forward
  • 7” TFT cluster, with an intuitive 5-way joystick
  • Music Player Control
  • Night Mode
  • Smart Helmet Connectivity
  • Incoming call/SMS Alert
  • Document Storage on cluster
  • Under seat storage – 32 litres

 

You might also like

Comments are closed.