लगानी प्रवद्र्धनार्थ कानुनी सुधार स्वागतयोग्य : नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडौं । लगानी सम्मेलनको सम्मुखमा लगानी प्रवद्र्धनका लागि सरकारले १२ कानुन र नियमावलीमा अध्यायदेश मार्पmत भएको संशोधनको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।

कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा महासंघको आग्रहमा गरिएको सुधारले लगानीको वातावरण बन्ने विश्वास गर्न सकिने बताइएको छ । आगामी वैशाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनलाई लक्षित गरी निजी क्षेत्रको आग्रहमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६, वन ऐन, भुमि सम्बन्धि ऐन लगायतका कानुमा संशोधन गरेको छ ।

नयाँ व्यवस्थाले वातावरणीय प्रभाव मुल्याङ्कन, हदबन्दी लगायतका बिषयलाई सम्बोधन गरेको छ । महासंघको पहलमा नियमावली बनाइ स्टार्ट अपको परिभाषा दिने बिषय पनि यस पटकको केही नेपाल ऐन संशोधनमा परेकोमा महासंघले खुशी व्यक्त गरेको छ ।

jutta mela

यसअघि परिभाषाको अभावमा स्टार्ट अपलाई सुविधा दिन सकिएको थिएन । महासंघले नै नियमावलीमार्पmत परिभाषा खोजेपनि यस पटक सिधै ऐनबाट सम्बोधन हुनु सकारात्मक छ । प्रधानमन्त्री कार्यालका तत्कालीन सचिव एकनारायण अर्यालको संयोकत्वमा गठित नीतिगत सुधार कार्यदलको सुभाव अनुरुप ऐन नियममा संशोधन भएको हो । जसमा महासंघको सक्रिय सहभागिता रहेको थियो ।

अध्यादेशबाट पारित कानुनी व्यवस्थालाई संसदले पनि अनुमोदन गर्ने महासंघको विश्वास छ । यसैगरी संशोधित कानुन कार्यान्वयन हुनेमा महासंघ आशावादी छ । यो सुधार दोस्रो पुस्ताको सुधारका लागि प्रस्थानविन्दु भएको महासंघले विश्वास लिएको छ ।

 

 

 

You might also like

Comments are closed.