हिमालयन हाइड्रो एक्स्पोमा इभी र्याली, बिजुली खपत बढाउने सन्देश

काठमाडौं । विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा भइरहेको हिमालयन हाइड्रो एक्स्पो विद्युत खपत बढाउने सन्देशसहित सुरुवात गरिएको हो ।

र्यालीको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । उद्घाटनका अवसरमा बोल्दै ऊर्जा मन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई अझै सार्थक बनाउने विश्वास व्यक्त गरे ।

‘हाइड्रो एक्स्पो अघि सुरु भएको यो ¥यालीले स्वदेशी बिजुली खपत बढाउन र विद्युतीय सवारी प्रर्वद्धनमा समेत सहयोगी सावित हुनेछ’ उनले भने । हाइड्रो एक्स्पो नेपालको विद्यत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुने बस्नेतले विश्वास व्यक्त गरे ।

jutta mela

चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको सुरुवात अघि बिहान विद्युतीय सवारी प्रर्वद्धन र विद्युत खपत बढाउने सन्देश दिंदै इभी र्याली आयोजना गरिएको इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीले हाम्रो ‘बिजुली हामी आफै खपत गरौँ’ भन्ने उद्देश्यले इभी र्याली आयोजना गरेको बताए ।

सरकारले सन् २०३५ सम्ममा १३ हजार मेगावाट बिजुली खपत गर्ने लक्ष्य लिएको र यसलाई समेत यस्ता विद्युतीय सवारी र्याली आयोजना गरेर प्रर्वद्धन गर्नुपर्ने बताए ।

‘सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट उत्पादन र १३ हजार स्वदेशमा खपतको लक्ष्य लिएको छ । यसलाई सार्थक बनाउन पनि इभी र्यालीले सहयोग गर्छ ।’ उनले भने । एक्स्पो व्यवस्थापक इभेन्ट सोलुसनका प्रबन्धक बिजयसागर प्रधानले विद्युतीय सवारी स्वदेशी बिजुली खपतका साथै वातावरणमैत्री रहेका कारण नेपालको लागि उपयुक्त रहेको बताए ।

हाइड्रो एक्स्पोको सुरुवात अघि भएको र्याली कमलादीको स्काई वाक टावरबाट सुरु भइ सिंहदरबार, बानेश्वर, सातदोबाटो, एकान्तकुना, पुल्चोक, त्रिपुरेश्वर, नारायणहिटी, हुँदै भृकुटीमण्डपमा गएर समापन भएको थियो । र्यालीमा ३ सयभन्दा बढी विद्युतीय सवारी सहभागी थिए ।
एक्स्पोमा पहिलो दिन ३ वटा प्राविधिक सत्रहरु आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले भोलि बिहीबार एक्स्पोको उद्घाटन गर्नेछन् ।

You might also like

Comments are closed.