काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ को उद्घाटनका लागि सबै तयारी पुरा भएको छ ।
भोलि (बिहीवार) राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पोको औपचारिक रुपमा उद्घाटन हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।
हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण बैशाख १२ देखि १४ गतेसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको छ ।
एक्स्पोमा एक दर्जन देशका ऊर्जा सम्बन्धी १०० भन्दा बढी स्टलहरु रहेका छन् । त्यस्तै विभिन्न ७ वटा प्राविधिक सत्रहरुमा पनि छलफल हुँदैछन् ।
Comments are closed.