सिटिजन इन्स्योरेन्स लाइफ कम्पनीले ल्यायो भिडियो के वाई सी सुविधा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले के वाई सी सुविधा ल्याएको छ ।

इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक यस कम्पनीले बैशाख ९ गतेबाट लागु हुने गरी भिडियोमार्फत के वाई सी लिने प्रकृया जारी गरेको हो । नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै सो सुबिधा ल्याएको कम्पनीले जनाएको छ ।

jutta mela

विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा e-Application Declaration Form सहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टलमार्फत प्राप्त हुन्छ । के वाई सी सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले भिडियो के वाई सी को अवधारणा ल्याएको छ ।

प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टलमार्फत पेश गरे पश्चात् e-Application Declaration Form मा आवश्यक विवरणहरु भरी स्क्यान गरी अनलाइनमार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ ।

प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो के वाई सी सम्बन्धी भिडियो बनाएर सिटिजन लाइफमा पठाउनु पर्नेछ । यस भिडियो के वाई सी को सुविधाले बीमा अभिकर्तालाई व्यवसाय गर्न थप सहज हुनेछ । यस सुविधाबारे विस्तृत जानकारी, कम्पनीको वेबसाईटमा उपलब्ध छ ।

You might also like

Comments are closed.