सफल ह्याप्पी काउ मिल्क अब काठमाडौं बजारमा

काठमाडौं । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौं बजारमा उपभोक्ताको लागि उपलब्ध भएको छ । यस कम्पनीले उपभोक्ताको माग अनुसार गाईको शुद्ध दुधलाई बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार काठमाडौं बजारमा सफल ह्याप्पी काउ मिल्क गाईको दूध उत्पादन हुने क्षेत्रबाट सङ्कलन गरी गाईको दूधको प्राकृतिक सुगन्ध, स्वाद र पौष्टिकतालाई ध्यान दिई सावधानीपूर्वक अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिन्छ । यस दुधको प्रत्येक प्याकेट क्रिमयुक्त छ । यसले परिवारको स्वस्थता र स्वादिष्टता सुनिश्चित गरी प्रत्येक थोपामा ताजापनको अनुभव प्रदान गर्दै शुद्धता र गुणस्तरको प्रमाण दिने कम्पनीले बताएको छ ।

दुधमा न्युनतम ३.५% FAT र न्युनतम ७.५% SNF हुने हुँदा सजिलै पचाउन सकिन्छ । कम्पनीका अनुसार सफल ह्याप्पी काउ मिल्क S.N.F. र FAT को पुरै सन्तुलन मिलाईएको हुन्छ । जसकारण यो Tastier, Creamier Healthier छ । शरिरलाई चाहिने Calcium, Protein र Vitamin का साथै अन्य मिनिरल पूर्ण रुपमा पाइने हुदा पौष्टीकता पाउनुको साथै शरिरलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

jutta mela

हिन्दु रीतिरिवाज अनुसार धार्मिक कार्य जस्तै भगवानलाई अर्पण गर्न, पंचाम्रित बनाउन, अन्य शुभकार्य जस्तै विवाह, ब्रतबन्ध र पुजाका कार्यहरुमा पनि सफल ह्याप्पी काउ मिल्कको प्रयोग गरिन्छ । सफल ह्याप्पी काउ मिल्क बजारमा ५०० ml को पाउचमा उपलब्ध छ । यसको अधिकतम विक्री मूल्य रु ६० तोकिएको छ ।

You might also like

Comments are closed.