जन्मदिनको अवसरमा विद्यालयलाई फोहोर मलाई सामग्री हस्तान्तरण

सुशीला रेग्मी

रामपुर (पाल्पा) । रामपुर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थी सुदर्शन गौतमले जन्मदिनको अवसरमा विद्यालयलाई फोहोर मलाई सामग्री हस्तान्तरण गरेका छन् ।

पाल्पाको रामपुर नगरपालिका वडा नं ५ स्थित यस विद्यालयमा कक्षा २ मा अध्ययनरत विद्यार्थी गौतमले आज परेको जन्मदिनको अवसरमा फोहोर मलाई सामग्री प्रधानाध्यापक विजय शर्मालाई हस्तान्तरण गरेका हुन् ।

jutta mela

जन्मदिनको नाममा गर्ने फजुल खर्चलाई कतौटी गरेर विद्यालयलाई फोहोर मलाई सामग्री उपलब्ध गराएको विद्यार्थी गौतमले बताए ।

प्रधानाध्यापक शर्माले जन्मदिनको अवसरमा विद्यालयलाई माया गरेर फोहोर मलाई सामग्री प्रदान गरेकोमा विद्यार्थी सुदर्शन गौतमलाई धन्यवाद दिएका छन् ।

‘जन्मदिनको नाममा केक काटेर फजुल खर्च गर्ने क्रम बढेको छ, हाम्रो विद्यालयमा हामीले विद्यार्थीलाई संस्कार सिकाउन थालेका छौँ, अर्काको देखासिकीतर्फ होइन, नयाँ कुरा सिकाऔँ भनेर हामीले संस्कार सहितको शिक्षाको थालनी गरेका छौँ’ प्रअ शर्माले भने ।

You might also like

Comments are closed.