पोखरा रोयल सहकारीको मिसन १०० योजनामा १९ करोड ऋण लगानी

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले मिसन १०० योजना अन्र्तगत मात्रै १८ करोड ९२ लाख ४० हजार ऋण लगानी गरेको छ ।

‘सुखी सदस्य दिगो सहकारी’ भन्ने परिकल्पनाका साथ सञ्चालनमा रहेको यस संस्थामा बढ्दै गएको अधिक तरलता व्यवस्थापन गर्न ल्याइएको मिसन १०० योजना अन्तर्गत मात्रै १८ करोड ९२ लाख ४० हजार ऋण लगानी गरिएको हो ।

२०८० माघ १ गतेबाट शुरु भई वैशाख ११ गते सम्म सञ्चालन गरिएको सो योजनामा विभिन्न ऋण शीर्षकमा सदस्यहरुले रु.५ लाखदेखि १ करोडसम्म ऋण लिदा सेवा शुल्क नलाग्ने र १३.५० प्रतिशत वार्षिक व्याजदर तोकिएको थियो । यस योजना बमोजिम एक वर्षसम्म व्याजदर नबढ्ने र व्याज घटेको अवस्थामा भने व्याजदर घट्ने बताइएको छ ।

jutta mela

हाल संस्थाले नयाँ व्याजदर कायम गरी १३ प्रतिशतका दरले ऋण लगानी गर्दै आइरहेको छ । १०० दिनसम्म सञ्चालन गरिएको योजनामा ७१ जना सदस्यहरु सहभागी भएको संस्था ऋण अधिकृत अभिषेक गुरुङले बताए ।

संस्थामा हाल ३६.३४ प्रतिशत तरलता रहेको छ । गत चैत मसान्तसम्म संस्थाले १३ सय ७२ जना सदस्यलाई १ अर्ब ७० करोड बढी ऋण लगानी गरेको छ । करिव ८ प्रतिशत संस्थागत पूँजी रहेको यस संस्थामा हाल ९२ सय ९० सदस्य र २ अर्ब ५० करोड बराबरको कूल सम्पत्ति रहेको छ ।

मिसन १०० योजना अन्र्तगत हाल संस्थाले सदस्यसंग रोयल जस्ता सयौं सदस्य केन्द्रित कार्यक्रम गरिरहेको संस्थाका मुख्य प्रवन्धक एवं सूचना अधिकारी मिलन ढकालले जानकारी दिए ।

 

You might also like

Comments are closed.