आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले ग¥यो तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, खुदनाफा ३३ करोड भन्दा बढी

काठमाडौं । आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस त्रैमासिकसम्म कम्पनीको खुद नाफा ३३ करोड १५ लाख ६० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७५.७९ प्रतिशतले बढेको हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले १८ करोड ८६ लाख १३ हजार खुद नाफा गरेको थियो ।

चालू आर्थिक वर्षको त्रैमाससम्म कम्पनीले ३ अर्ब २९ करोड १५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १०.२४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७.७९ प्रतिशत बढी हो ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा १५ करोड ९१ लाख रुपैयाँ र संचित जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

यस अवधिसम्म कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ११ रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्क १७७ रुपैयाँ २५ पैसा रहेको छ ।

 

lcci
You might also like

Comments are closed.