आयवृद्धिमा सघाउन एकल महिलालाई बाख्रा वितरण

तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिका–१२ ले अतिगरिब एकल महिलालाई बाख्रा वितरण गरेको छ । बाख्रापालन गरी आम्दानी वृद्धिका लागि एकल महिला छनोट गरी वितरण गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताए ।

“हामीले अतिगरिब एकल महिलाको आम्दानी वृद्धिका लागि बाख्रा वितरण गरेका छौँ”, उनले भने “ती बाख्राबाट आय आर्जनमा सघाउ पुग्ने हाम्रो विश्वास छ ।” हाललाई वडाभित्रका १० जना एकल महिलालाई बोयरलगायत उन्नत जातका बाख्रा वितरण गरिएको छ ।

jutta mela

उपमहानगरपालिकाले प्रदान गरेका बाख्रा डो¥याउदै बुधनी चौधरीले भने, “यसले हामीलाई आम्दानीमा टेवा पुर्याउने छ ।” एकल महिलाको आम्दानीको अन्य स्रोत नभएकाले प्राप्त सहयोगबाट आफ्नो जीवनयापनमा मद्दत पुग्नेमा आफू विश्वस्त रहेको अर्की एकल महिला लक्ष्मी घर्तीले बताइन् । “हाम्रो आम्दानीको स्रोत केही छैन”, उनले भनिन्, “ वडाको सहयोगबाट हामी खुसी छौँ ।”

वडाले लाभग्राही नियमित अनुगमन गर्ने अध्यक्ष चौधरीले बताए । आर्थिक समृद्धिको आधार व्यवसाय भएकाले अहिले वितरण गरेका बाख्राबाट आम्दानी गरेको देख्ने आफूहरूको चाहना भएको अध्यक्ष चौधरीको भनाई छ । आफूहरू सधैँ किसानका पक्षमा रहेकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । रासस

You might also like

Comments are closed.