काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले डिजिटल कारोबारको माध्यमबाट ग्राहकलाई नगद भुक्तानीमा थप सहज गराउने उद्देश्यले क्यूआर टेलरको शुभारम्भ गरेको छ ।
फाइनान्सका अध्यक्ष युवराज भण्डारीले सो क्यूआर टेलरको सुभारम्भ गरेका हुन् । क्यूआर टेलर सुविधाबाट संस्थाका ग्राहकले सो प्रविधिमार्फत नगद भुक्तानी लिन सक्नेछन् ।
यस प्रविधिले गा्रहकलाई आफ्नो कारोबार गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ । सो क्यू आर टेलर सुविधा संस्थाले हाललाई काठमाडौं उपत्यकाको शाखामा सुरुवात गरेको छ भने निकट भविष्यमा देशभरका सबै शाखामा सुरुवात गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
सो समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, एशियन लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग, वरिष्ठ प्रबन्धक शिवराज भण्डारी तथा संस्थाका अन्य कर्मचारी तथा ग्राहक लगायत सहभागी थिए ।
संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले ग्राहकको आवश्यकतालाई मध्यनजर गरी ए.टि.एम सेवा, मोबाइल बैकिङ सेवाहरु जस्ता आधुनिक बैकिङ सेवाहरु समेत प्रदान गर्दै आइरहेको बताइको छ ।
Comments are closed.