स्मार्टफोनफोनमा आकर्षक उपहारको साथमा  मे महिनालाइ स्वागत गर्दै अनर

काठमाडौं । टेक्नोलोजी ब्रान्ड अनरले ,मे महिना लाइ लक्षित गर्दै  “अनर मे उत्सव” ल्याएको छ । जसमा नेपालभरका अनरका ग्राहकहका लागि आकर्षक  उपहारहरू समावेश छन्।

नेपालको लागि अनरको आधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रा. लि ले मे उत्सव अभियानको घोषणा गरेको हो । जसमा ग्राहकले प्रत्येक HONOR स्मार्टफोनको खरिदमा उपहारहरू प्राप्त गर्न सक्छन् र साथै लक्की ड्र मार्फत भेस्पा जित्ने मौका पनि पाउन सक्नेछन।

HONOR स्मार्टफोनहरू खरिद गर्ने ग्राहकले यस प्रवर्धनको एक भागको रूपमा विशेष उपहारहरू प्राप्त गर्नेछन्। HONOR 90 5G को खरिदमा, ग्राहकहरूले रु. १३,९९९ मूल्यको HONOR Choice Watch प्राप्त गर्नेछन्। त्यसैगरि HONOR X9b खरिद गर्नेले रु. ५,४९९ मूल्य भएको HONOR Choice Earbuds X5 प्राप्त गर्न सक्नेछन।

jutta mela

त्यस्तै, HONOR 90 Lite खरिद गर्ने ग्राहकले रु. ३,९९९  मूल्य को Anker Soundcore Life P2i र HONOR X7b वा HONOR X8b को खरिदकर्ताले रु २००० मूल्यको वैज्ञानिक क्याल्कुलेटर प्राप्त गर्नेछन्। थप रूपमा HONOR X5 Plus खरिद गर्ने ग्राहकले रु. १,३९५ मूल्यको Sunelan S3  नि:शुल्क उपहार प्राप्त गर्नेछन्।

यसबाहेक, उत्सवमा थप उत्साहको लागि लक्की ड्र पनि रहनेछ, जहाँ HONOR 90 5G का एक भाग्यशाली ग्राहकले भेस्पा जित्ने मौका पाउने छन्।

यी आकर्षक उपहारको बहार १ मे बाट सुरु भएर ११ मे २०२४ सम्म जारि रहनेछ भने यो अबधि मा खरिद गरियका फोनहरुमा मात्र उपलब्ध हुनेछ। अफलाइन र अनलाइन  दुवै प्लेटफर्ममा मान्य रहने यो अफर  ग्राहकले HONOR आधिकारिक स्टोर वा Daraz र HUKUT जस्ता अनलाइन प्लेटफर्मबाट खरिद गर्न सक्छन्।

 

मोडेल उपहार
HONOR 90 5G
(१२+२५६) जी बि
(१२+५१२) जी बि
रु. १३,९९९ मूल्यको HONOR Choice Watch एक HONOR 90 5G को खरिदकर्ताले लक्की ड्र भेस्पा जित्न सक्नुहुनेछ
HONOR X9b 5G रु. ५,४९९ मूल्यको HONOR Choice Earbuds X5
HONOR 90 Lite रु. ३,९९९ मूल्यको Anker Soundcore Life P2i
HONOR X8b रु. २,००० मूल्यको Scientific Calculator
HONOR X7b रु. २,००० मूल्यको Scientific Calculator
HONOR X5 Plus रु. १,३९५ मूल्यको Sunelan S3

 

You might also like

Comments are closed.