नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकका लागि आजदेखि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ ।

यस खाताको माध्यमबाट विदेशमा बसोबास गर्ने नेपालीलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो शेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजिवन निःशुल्क सञ्चालन गरी कारोबार गर्ने कार्यको लागी सहजीकरण गर्र्ने कम्पनीको विश्वास रहेको छ । यस सेवाको मद्दतबाट विदेशमा रहेर आफ्नो पेशाबाट धेरै थोरै रकम जम्मा गरी नेपालको पूँजीबजारमा लगानी गर्न सहयोग पुगोस भनेर सन सेक्युरिटिजले यस सेवाको शुरुवात गरेको हो ।

सनको “मिसन ०८४, एक नेपाली एक ब्रोकर खाता” को अभियानलाई सार्थकता दिने क्रममा विदेशमा रहेका नेपालीका लागि सञ्चालन गरेको यो रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिकका साथै विदेशमा रही अध्ययन तथा अन्य विभिन्न पेशामा आबद्ध नेपालीले समेत खोल्न सक्ने कम्पनीले जनाएको छ ।

jutta mela

कम्पनीको वेबसाइटwww.sunsecurities.com बाट open account मा गएर वा सिधा https://www.sunsecurities.com/portal.html  बाट रेमिट डिम्याट खाता छनौट गरी आवश्यक कागजातहरु संलग्न गरी खाता खोल्नुका साथै सन सेक्युरिटिजका कर्मचारीसमक्ष भिडियोमा उपस्थित भएर भिडियो केवाइसि भेरिफाई गर्न सक्ने वा स्वयंले भिडियो केवाइसिमा दिइएको निर्देशनको पालना गरी भिडियो केवाइसि भेरिफाइ गरी खाता खोल्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।

कम्पनीले निकट भविष्यमै यस प्रोडक्टमा आबद्ध हुनुहने ग्राहकहरुका लागि बैंक वित्तिय संस्थासँगको सहकार्यमा बैंक खाता, सिआस्बा रजिष्ट्रेसन तथा कनेक्ट आइपिस समेत प्रदान गर्ने उद्देश्यले तयारी गरिरहेको छ । जसबाट ग्राहकहरुले एकद्वारबाटै पूँजी बजारमा सहभागिताका लागि आवश्यक सबै सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

यस रेमिट डिम्याट खाताको माध्यमबाट परदेशमा रहेर नेपालको पूँजी बजारमा उचित ढंगबाट लगानी गर्न सके विदेशमा बस्दा कमाएको स–सानो बचतबाट भविष्यमा उनीहरुको आर्थिक आत्मानिर्भरता र आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ ।

यस सेवासँग आबद्ध हुने क्रममा ग्राहकसंग कुनैपनि जिज्ञासा वा समस्या रहेमा कम्पनीले ग्राहक सेवाका लागि कम्पनीको फेसबुक पेज https://www.facebook.com/sunsecurities64 को मेसेजबाट, व्हाट्सएप तथा भाइबर नम्बर ९७६७२३३००० बाट तथा कम्पनीको सपोर्ट नम्बर ०१५९७१५०० बाट उपलब्ध गराएको छ ।

You might also like

Comments are closed.