रोटरी क्लब अफ काठमाडौं हेरिटेजमा हेमा, सचिवमा बुद्धि

काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजेन्द्र ध्वजुले एक कार्यक्रमबीच क्लब चार्टड प्रस्तुतीकरण गरी क्लबसका सदस्यहरुको पदस्थापना गराएका हुन् । रोटरी क्लब अफ काठमाडौं हेरिटेजका डिष्ट्रिक्टकै कान्छो क्लब हो ।

jutta mela

रोटरी क्लब अफ काठमाडौं जावलाखेलले प्रायोजन गरेको क्लबमा विभिन्न क्षेत्रहरुमा लामो अनुभव संगालेका २३ जना चार्टड सदस्यहरु छन् । कार्यक्रममा क्लबमा सदस्यका दम्पत्तीलाई सम्मान गरिएको छ ।

डिष्ट्रिक्टमा सहायक गभर्नरको जिम्मेवारी सम्हालिसकेका हेमा अधिकारीले चार्टड प्रेसिडेन्ट बनेर क्लबको नेतृत्व गरेका छन् । सचिबमा डा. बुद्धि मल्ल र कोषाध्यक्षमा चिजन पौडेल, प्रेसिडेन्ट ईलेक्टमा कृष्णप्रसाद शर्मा, भाईस प्रेसिडेन्टमा बिना पाठक पन्त र मेन्टरमा कृष्ण बहादुर अधिकारी छन् ।

कार्यक्रमा पूर्व डिष्ट्रिक्ट गभर्नर जय राज्य लक्ष्मी शाह, चिन्तामणि भट्टराई, राजिब पोख्रेल, डिष्ट्रिक्ट गभर्नर डेजिनेट नोमिनी बिष्णु बहादुर कार्की, सहायक गभर्नर राज भाई सुवाल, क्लबका सल्लाहकार डा. सुवास प्याकुरेल, रोटरी क्लब अफ काठमाडौं जावलाखेलका अध्यक्ष डा. बिष्णुराज उप्रेती, डिष्ट्रिक्टका अन्य उच्च पदाधिकारीहरु, बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष रोटरीयन उपेन्द्र पौड्याल एवं दुबै क्लबका बोर्ड सदस्य तथा अन्य सदस्य लगायत सहभागी थिए ।

 

You might also like

Comments are closed.