यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले आफ्नो यस वर्षको सबैभन्दा ठूलो एक्सचेन्ज इभेन्ट – यामाहा महाएक्सचेन्ज मेला २०८१ को सुरूवात भएको घोषणा गरेको छ ।

कार्यक्रमको औपचारिक शुभारम्भ काठमाडौंको भृकुटीमण्डपमा भएको छ । एक हप्तासम्म जारी रहने मेलाले मोटरसाइकल उत्साहीहरूका लागि मोटरसाइकल एक्सचेन्जको अनुपम अनुभव प्रदान गर्नेछ ।

“फेरिपनि यामाहा महाएक्सचेन्ज मेलाको आयोजना गर्न पाउँदा हामी हर्षित छौं । यसले मोटरसाइकल उत्साहीलाई आश्चर्यजनक मूल्यमा आफ्नो सवारी अपग्रेड गर्ने अविश्वसनीय अवसर प्रदान गर्दछ, हामीलाई विश्वास छ यो कार्यक्रम मोटरसाइकल प्रेमीहरूका लागि आफ्नो सवारीलाई अपग्रेड गर्ने अवसर मात्र नभई जीवन्त र रोमाञ्चक वातावरणमा दुईपाङ्ग्रे सवारीप्रतिको आफ्नो जोश मनाउनको लागि उत्तम मन्च पनि हो” एमएडब्लू इन्टरप्राइजेज प्रा.लि.का प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भने ।

jutta mela

यामाहा महाएक्सचेन्ज मेलाले ग्राहकलाई सुपथ मूल्यमा आफ्ना मोटरसाइकल अपग्रेड गर्ने एउटा असाधारण अवसर प्रदान गर्दछ । सहभागीले आफ्नो ब्राण्ड–न्यु यामाहा बाइकको खरिदमा एक लाख रूपैयाँसम्मको ग्यारेन्टी नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, एमएडब्लू राइड्सले जुनसुकै ब्राण्ड्सका पुराना मोटरसाइकलको ट्रेड–इनको लागि अधिकतम मूल्य सुनिश्चित गर्दै एक लाख रुपैयाँसम्मको अतिरिक्त मूल्याङ्कन पनि प्रदान गर्नेछ । यो सुविधाजनक एक्सचेन्ज प्रोग्रामले तपाईलाई आफ्नो जुनसुकै ब्राण्डको पुरानो बाइक वा स्कुटरलाई ब्रान्ड न्यु यामाहासँग विनिमय गर्ने सुविधा प्रदान गर्नेछ ।

यामाहा महाएक्सचेन्ज मेलाका आकर्षणका रूपमा सहभागीले निःशुल्क बाइक हेल्थ कार्डबाट आफ्नो नयाँ सवारी राम्रो अवस्थामा रहेको सुनिश्चित गर्नका लागि निःशुल्क बाइक चेक–अप र स्पार्कलिंग क्लिन स्टार्टको लागि वाश गर्ने सुविधा लिन सक्नेछन् । यस कार्यक्रमले स्टाइलिश अपग्रेडको साथमा सुरक्षा बढाउन डुअर प्राइजका रूपमा स्मार्ट हेल्मेट जित्ने अवसर पनि प्रदान गर्नेछ । थप रोमाञ्चकताका लागि मेलामा निःशुल्क खेल र उपहारहरू, टेस्ट राइड र विन अफरहरू रहनेछन् भने निःशुल्क एसेसरिज प्राप्त गर्नाले आगन्तुकको अनुभवलाई थप बढाउने निश्चित रहेको बताइएको छ ।

यामाहा महाएक्सचेन्ज मेला मोटरसाइकलमा पाइने अफर र सेवाहरूभन्दा पनि अझै बढि मनोरञ्जनले भरिपुर्ण रहनेछ, जहाँ प्रख्यात नेपाली कलाकारको प्रत्यक्ष प्रस्तुतीले वातावरणलाई थप जीवन्त बनाउने छ । सहभागीले बैशाख २४ मा शिव परियार, २६ मा महेश काफ्ले र २९ गते मिलन नेवारको सुमधुर गायनको आनन्द लिन सक्नेछन् ।

यस कार्यक्रमले सुपथ मूल्यमा तपाईंको मोटरसाइकल अपग्रेड गर्न, निःशुल्क सेवाहरूको आनन्द लिन, रोमाञ्चक पुरस्कारहरू जित्न र लाइभ सङ्गीतको साथमा मोटरसाइकलप्रतिको तपाईंको जोशलाई उत्सवका रूपमा मनाउने अविष्मरणीय अवसर प्रदान गर्नेछ । बैसाख २३ गतेदेखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा जाऔँ र यामाहा महाएक्सचेन्ज मेला २०८१ मा सहभागी बनौँ ।

You might also like

Comments are closed.