निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय बढी लाभान्वित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गत वैशाख २१ र २२ गते कम्पनीको केन्द्रीय कार्यालय क्लासिक कम्प्लेक्समा शिविर सञ्चालन गरिएको हो । शिविरबाट करिब ५ सय भन्दा बढी लाभान्वित भएका छन् ।

शिविरमा इसीजी, ईको, लिपिड प्रोफाइल लगायतका विशिष्टीकृत जाँच तथा निःशुल्क औषधि पनि वितरण गरिएको छ । कार्यक्रममा कर्मचारी, अभिकर्ता, ग्राहक तथा सर्वसाधारण लगायत सहभागी थिए ।

jutta mela

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मानवको सबैभन्दा महत्वपूर्ण पक्ष स्वास्थ्य रहेको र समय–समयमा स्वास्थ्य परीक्षण गराउनु आवश्यक रहेकाले शिविर सञ्चालन गरिएको जानकारी गराए ।

हाल काठमाडौंमा शिविर सञ्चालन गरिएको र अब आगामी दिनमा नेपालको दूरदराजमा स्वास्थ्य सेवाबाट वञ्चित सीमान्तकृत तथा आर्थिक रुपले विपन्न वर्गको स्वास्थ्य परीक्षण गर्ने खालको कार्यक्रम सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउँदै अधिकृत पराजुलीले यस्ता कार्यक्रमले सरोकारवालाको सम्बन्ध प्रगाढ हुने र नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे बोध हुने बताए ।

इन्स्योरेन्सले बुआ केयरको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य शिविरमा ५०३ जना सहभागीमध्ये ४९० जनाले रक्तचाप परीक्षण, ३९३ जनाले लिपिड प्रोफाइल, ३३३ जनाले ईसीजी परीक्षण र ४५० जनाले डाक्टरसंग परामर्श लिएका छन् ।

 

You might also like

Comments are closed.