चलचित्र पत्रकार संघ कास्कीको २०८१ सालको भित्तेपात्रो प्रकाशन

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८१ सालको भित्तेपात्रो प्रकाशन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यस पटक पनि प्रकाशन गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले चलचित्र पत्रकार संघ कास्कीले गरेका कामको प्रशंसा गरिन् । नेपाली सिनेमाको उत्थानमा चलचित्र पत्रकार संघ कास्कीले गरेका कामहरु सह्रानिय रहेको उनले बताइन् ।

jutta mela

पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले चलचित्र पत्रकार संघ कास्कीको गतिविधिले चलचित्रसँग सम्बन्धित अन्य संस्थालाई समेत झकझकाएको बताएका छन् । सिनेमा टुरिजमको विकासमा प्रचार–प्रसारको खाँचो रहेको उनले उल्लेख गरे । सिनेमा माध्यम पोखरा र आसपासको क्षेत्रको प्रचार–प्रसार गर्न सहज हुने हुँदा यसतर्फ प्रभावकारी भएर लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले चलचित्र पत्रकार संघ कास्की क्रियाशिल संस्था भएको बताइन् । एकपछि अर्को आयोजना गरिएको कार्यक्रमले पोखरामा सिनेमा सम्बन्धि गतिविधिलाई बढवा दिएको उनको भनाई छ । पत्रकार महासंघ कास्कीका सम्पूर्ण पत्रकारिता सम्बद्ध संघसंस्थाको अभिभावक संस्था भएकाले हरेक गतिविधिमा साथ, समर्थन रहने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले २०६० सालमा स्थापना भई चलचित्र पत्रकार संघ कास्कीले नेपाली सिनेमाको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको उल्लेख गरे । चलचित्र पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष अरुण गिरीले संस्थाको क्रियाशिलता राम्रो रहेको बताएका छन् । संस्थाका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सन्तोष बस्यालले गरेका हुन् ।

 

You might also like

Comments are closed.