मोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध निर्वाचित

विराटनगर । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा युवा उद्योगी अनुपम राठी निर्विरोध निर्वाचित भएका छन । सोमबार सम्पन्न मोरङ उद्योग व्यापार संघ (साविकः मोरंग व्यापार संघ)को ३४औँ कार्यसमिति सदस्यहरुको निर्वाचनबाट उनी निर्विरोध निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष राठी, प्रिमियर स्टिल कम्पानी तथा ए के राठी ग्रुपका डाइरेक्टर हुन् ।

संघको विधान/नियमावली अनुसार वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना सदस्यको लागि निर्वाचन भएकोमा सोही संख्याको उम्मेदवारी दर्ता हुन गई सोही उम्मेदवाहरु संघको ३४औं कार्य समितिका लागि निर्विरोध निर्वाचित भएको बताइएको छ ।

निर्वाचनबाट वाणिज्य क्षेत्रतर्फ अनिलकुमार साह, संजयकुमार श्रेष्ठ, शुशिल सुराना, विवेक अग्रवाल, मनिषकुमार मारु, अनिल सारडा, राजेशकुमार अग्रवाल र दिपेश सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।

jutta mela

उद्योग क्षेत्रतर्फ देवाशिष गोल्छा, विनित सिंघानिया, अमितकुमार शारदा, अनुपम राठी, अमित राठी, आशिष जाजु, पवन राठी, विकासकुमार बेगवानी निर्विरोध निर्वाचित भएको बताइएको छ ।

संघको नवगठित ३४औँ कार्यसमितिको बैठकले पदाधिकारीको समेत चयन गरेको छ । संघको ३४औँ कार्यसमितिको अध्यक्षमा अनुपम राठी, वरिष्ठ उपाध्यक्षमा अनिलकुमार साह, वाणिज्य उपाध्यक्षमा अनिल सारडा, उद्योग उपाध्यक्षमा विकासकुमार बेगवानी, महासचिवमा संजयकुमार श्रेष्ठ, सचिवमा अमितकुमार शारदा, कोषाध्यक्षमा राजेशकुमार अग्रवाल तथा प्रवक्ताका रुपमा दिपेश सुवेदी चयन भएका छन् ।

बैठकमा संघको नियम बमोजिम सम्वद्ध क्षेत्र (वस्तुगत) तर्फबाट गोपाल अग्रवाल र ओमप्रकाश शर्मा, संघका शाखाहरु तर्फबाट कृष्णप्रसाद रिजाल र नवनिर्वाचित अध्यक्षबाट बन्दना जैन र धिरज मोहतालाई मनोनयन गरी २१ सदस्यीय कार्यसमिति गठन भएको छ । संघको नियम बमोजिम निवर्तमान अध्यक्ष नवीन रिजाल सो समितिको पदेन सल्लाहकारमा चयन भएका छन् ।

३४औँ कार्यसमितिले बिनोद बोहरा, डा. दिपेन्द्र नौलखा, पंकज गोयल र संजिव श्रेष्ठलाई आमन्त्रित सदस्यको रुपमा मनोनयन गर्नुका साथै संघको युवा उद्यम समितिको संयोजकमा अमित अग्रवाल र महिला उद्यम समितिको संयोजकमा श्रुती शर्मालाई मनोनयन गरेको मोरङ उद्योग व्यापार संघले जनाएको छ ।

You might also like

Comments are closed.