आगलागी पिडितलाई नेपाल लाइफ इन्स्योरेन्सको सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्वर ६ का आगलागी पिडित परिवारलाई राहत सहयोग गरेको छ ।

आगलागीका कारण घरविहीन भएका पीडित परिवारलाई मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, वडाध्यक्ष कलिम राईन, इन्स्योरेन्स कम्पनीका कर्मचारी तथा स्थानीय अगुवाको उपस्थितीमा प्रति परिवार एक थान साडी वितरण गरिएको छ ।

आगलागीबाट प्रभावित भएका १५० घरपरिवारलाई कम्पनीले राहत सामग्री उपलब्ध गराएको हो । मटिहानी नगरपालिका वडा नम्बर ६ मा भएको आगलागीबाट एक सय भन्दा बढी घर पूर्ण रुपमा नष्ट भएका छन् भने करिव ५० घरमा क्षति पुगेको छ ।

jutta mela

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कम्पनीले गरेको सहयोगका निम्ति धन्यवाद दिदै यस प्रकारको सहयोगले आगलागीबाट प्रभावित घरपरिवारलाई सहज हुने विश्वास समेत व्यक्त गरे ।

वडाध्यक्ष कलिम राईनले आगलागीबाट लत्ताकपडा नष्ट भएका कारण प्रभावित परिवारले अत्यन्तै कष्टकर जीवन बाँच्नु परेको अवस्थामा कम्पनीले प्रदान गरेको सहयोगले जीवनयापन सहज हुने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरु गर्दै आएको जानकारी दिए । आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएको खण्डमा कम्पनी अग्रपंक्तिमा रहेर सहयोग गर्न तयार रहेको समेत उनले बताए ।

कम्पनीले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, बीमा सचेतना, पूर्वाधार निर्माण तथा गरिब, सीमान्तकृत वर्गको जीवन उत्थानका निम्ति संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

 

 

You might also like

Comments are closed.