मातातीर्थ औँसीको अवसरमा  विद्या ढकालद्वारा लिखित ‘आमा’ लघुकथा सङ्ग्रह विमोचन

काठमाडौं । तनहुँको भानु नगरपालिका बस्ने विद्या ढकालद्वारा लिखित ‘आमा’ लघुकथा सङ्ग्रहको आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

ढकालकै जन्मस्थान भानु नगरपालिका ४ ठाँटीको चौर बाल उद्यानमा राष्ट्रिय भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट तथा स्थानीय ८६ वर्षीय आमा लक्ष्मीकुमारी मल्लले संयुक्त रुपमा सो पुस्तकको विमोचन गरे ।

६३ लघुकथा समेटिएको सो लघुकथा सङ्ग्रहका कथाहरूको साहित्यकार मेदिनी शर्मा चुँदेलीले विवेचना गरेका हुन् । उनले शहरको तडकभडकमा नपरी आफ्नै गाउँमा कृतिको विमोचन गराएकोमा कथाकारलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

jutta mela

पदम कार्की, भरत अधिकारी, जयहरी भट्टराई, हर्कबहादुर थापा, पार्वती खनाल, ऋषिराम पन्त लगायतले कृतिको समिक्षाका साथ आफ्ना भनाई राख्दै शुभकामना दिएका छन् ।

कृतिकार ढकालले आफ्नो लघुकथा लेखनका अनुभवका साथ अथिति लगायत उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गरेका छन् । उनले आज मातातीर्थ औँसीको दिनमा सम्पूर्ण आमाहरुको सम्मान स्वरूप आफ्नो आमा लघुकथा सङ्ग्रह सार्वजनिक गर्न पाएकोमा गौरवको अनुभूति भएको बताए ।

प्रमुख अथिति डा. भट्टले नेपाली लघुकथाका प्रवृत्तिको चर्चा गर्दै ढकालका कथामा अहिलेको युग बोल्नुका साथ समाजमा व्याप्त विकृति बिसङ्गतीहरू माथि कडा प्रहार गरिएको बताए ।

स्थानीय साहित्यकार तथा ज्येष्ठ नागरिक वासुदेव शर्मा ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन शिवशङ्कर पौडेल तथा स्वागत प्रकाशक शान्ता ढकालले गरेका हुन् ।

You might also like

Comments are closed.