३० लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण

तनहुँ । जिल्लाको व्यास नगरपालिका–३ बिपी वनबाटिका खेलमैदानमा ‘इलेभेन ए साइड’ खेलमैदानमा २५० जना दर्शक बस्न सक्ने प्यारापिट निर्माण भएको छ ।

व्यास नगरपालिकाको रु ३० लाख आर्थिक सहयोगमा ११ सय २७ वर्गफिट क्षेत्रफलमा निर्माणाधीन प्यारापिटको ७५ प्रतिशत काम पूरा भएको छ । प्यारापिटले दर्शकलाई घामपानीबाट बचाउँछ ।

jutta mela

उक्त खेलमैदानलाई फुटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, बास्केटबललगायत खेल प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य रहेको बिपी वनबाटिक खेलमैदान निर्माण समितिका अध्यक्ष भुवन गोशलीले बताए ।

यसअघि भिमाद नगरपालिका–६ क्याम्पस रोडस्थित रङ्गशालामा प्यारापिट निर्माण भएको थियो । तीन हजार दर्शक क्षमताको उक्त प्यारापिट कूल रु ५२ लाख ८४ हजार दुई सय लागतमा निर्माण भएको हो ।

प्यारापिट बनाउन भिमाद नगरपालिकाको रु ४६ लाख ८० हजार र स्थानीयले रु ६ लाख ४२ सय सहयोग गरेका थिए । रासस

You might also like

Comments are closed.