सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीलाई आईपीओ निश्कासनको लागि विद्युत नियमन आयोगको पूर्व स्वीकृती

काठमाडौं । विद्युत नियमन आयोगले सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई प्राथमिक शेयर (आईपीओ) निष्काशनको लागि पूर्व स्वीकृती प्रदान गरेको छ ।

कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजारको प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको हो । प्राथमिक शेयर निष्काशन (आईपीओ) को लागि कम्पनी र कुमारी क्यापिटल बीच सम्झौता सम्पन्न भई कार्य अघि बढीसकेको छ ।

jutta mela

शेयरको प्रत्याभूतिको कार्य नेपाल एस.वि.आई क्यापिटलबाट हुनेछ । कम्पनीले ११ मेगावाट क्षमताको माथिल्लो तादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । कुमारी बैंक लिमिटेडको अगुवाईमा नेपाल एस.वि.आई बैंक सँगको सहवित्तीय कर्जाबाट आयोजनाको निर्माण कार्य भइरहेको छ । आयोजनाको करिव ७० प्रतिशत कार्य सम्पन्न भएको छ ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा तादी खोलामा यो आयोजनाको निर्माण कार्य भइरहेको छ । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत शेयर लगानी रहेको र आयोजना निर्माण पश्चात् अपि पावर कम्पनीका शेयरधनीलाई थप मुनाफा दिने कम्पनीका कार्यकारी सञ्चालक सन्जीव न्यौपानेले बताए ।

यस आयोजनाको निर्माण कार्य २०८१ साल माघ भित्रमा सम्पन्न गर्न कम्पनी लागिपरेको समेत न्यौपानेले बताए । आयोजनाबाट उत्पादित विद्युत शक्ति ८ किलोमिटर लामो ३३ के.भि ट्रान्सिमिसन लाईनबाट नेपाल विद्युत् प्राधिकरणको समुन्द्रटार सवस्टेशनमा जडान गरी काठमाडौंको लागि अझ भरपर्दो विद्युत प्रदान गरिनेछ । आयोजनामा फोल्वेल इनर्जे भारतको अत्याधुनिक मेसिन जडान गरिनेछ ।

You might also like

Comments are closed.