रामपुरका आगलागी पिडितलाई राहत वितरण

रामपुर (पाल्पा) । जिल्ला प्रशासन कार्यालय पाल्पाले आगलागी घरपरिवारलाई राहत प्रदान गरेको छ । विपद् व्यवस्थापन कोषमार्फत आगलागीले पूर्ण रुपमा घर क्षति भएका पिडितहरुलाई तत्कालको लागि राहत रकम प्रदान गरेको हो ।

रामपुर नगरपालिका वडा नं. ४ र ५ का ६ घर र पूर्वखोला गाउँपालिका वडा नं. ६ का ९ घर परिवारलाई राहत रकम प्रदान गरेको हो । रामपुर नगरपालिका भित्रका पिडितलाई वडा नं. ४ र ५ मा छुट्टाछुटै कार्यक्रम गरी राहत रकम प्रदान गरिएको छ ।

गत वैशाख १९ गते वनमा सल्किएको डढेलो वडा नं. ५ गैराको ३ घरमा पूर्ण क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जिल्ला अदालत पाल्पाका न्यायाधीश दलबहादुर के.सी., रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत सूर्यदर्शन पण्डित, जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवं जनप्रतिनिधिको उपस्थितिमा राहत रकम १५÷१५ हजार प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी काफ्लेले नागरिकको पीडामा सरकार पनि साथ मै छ है भन्ने अनुभुति दिलाउनुका साथै अत्यावश्यक सामाग्री व्यवस्थापनमा सहजताका लागि राहत रकम प्रदान गरिएको बताए । उनले विगतका वर्षहरुको तुलनामा जिल्लामा यस वर्ष आगलागीको घटना वृद्धि भएको भन्दै आगामी दिनमा जोखिम न्यूनिकरणका लागि सबै जना सचेत हुनु आवश्यक रहेको बताएका छन् । साथै उनले पूर्ण रुपमा क्षति भएका नागरिकको आवास निर्माणका लागि सरकारले तीन किस्तामा गरी रकम प्रदान गर्ने भएकाले आवास निर्माणका लागि यथाशिघ्र सम्बिन्धित पालिकामा निवेदन दिन आग्रह गरेका छन् ।

jutta mela

वडा नं.५ को कार्यालयमा भएको राहत वितरण कार्यक्रमा वडा नं. ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले आगलागी पीडितको राहतका लागि भएका प्रयासको बारेमा जानकारी दिए । त्यस्तै वडा नं. ४ को समाङसिङ र गिजिनडाँडाका ३ परिवारलाई वडा नं. ४ देविस्थानमा राहत प्रदान गरिएको छ । वडा नं. ४ का वडाध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा कार्यक्रम गरी सरोकारवालाको उपस्थितिमा प्रशासनले राहत प्रदान गरिएको हो । कार्यक्रममा वडाध्यक्ष रानाले पिडित परिवारको सहयोगका लागि टोलविकास समितिलाई समेत आग्रह गरिएको जानकारी दिए । रामपुर ४ मा भएको कार्यक्रमको सञ्चालन वडा सचिव सविता रानाले गरेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत रमा श्रेष्ठले जिल्लाको अन्य पालिकामा विवरण सङ्कलन भइरहेको र हाल रामपुर नगरपालिकाका ४ र ५ का ६ घर, पूर्वखोला गाउँपालिका ६ का ९ घर र माथागढी गाउँपालिका ४ का ६ घरपरिवारलाई विपद् व्यवस्थापन कोषमार्फत तत्कालको लागि १५÷१५ हजार रुपैयाँ सहयोग गरेको जानकारी दिइन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयको राहत रकमसंगै रामपुरमा क्लथ एण्ड फुड बैंक नेपाल रुपन्देहीले रामपुर नगरभित्र आगलागीबाट पूर्ण रुपमा क्षति भएका र आंशिक क्षति भएका परिवारलाई लत्ताकपडासहित ओढ्ने ओछ्याउने सामाग्री प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी काफ्लेसहित सरोकारवालाको उपस्थितिमा क्लथ एण्ड फुड बैंक नेपालका पाल्पा संयोजक सूर्य जिसी, प्रेमप्रकाश श्रेष्ठ, थमन मल्लले सामग्री प्रदान गरेका छन् ।

संस्थाले पीडित परिवारलाई परिवार संख्याको आधारमा लगाउने लुगासहित सिरक, डसना र सिरानी प्रदान गरेको हो । जसअन्तर्गत वडा नं. ४ का ३ र ५ का ५ परिवारलाई सहयोग गरेको छ ।

You might also like

Comments are closed.