यातायात कार्यालय धनगढीद्वारा रु. ५१ करोड राजश्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म रु. ५१ करोड बढी राजश्व सङ्कलन गरेको छ ।

यातायात कार्यालयले चालु आब २०८०/८१ को हालसम्म विभिन्न राजश्व शीर्षकबाट रु. ५१ करोड ७८ लाख ७७ हजार ३९१ राजश्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख नरेन्द्र शाहले जानकारी दिए ।

निमित्त प्रमुख शाहका अनुसार कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी रु ४० करोड २८ लाख ५२ हजार १७३ राजश्व सङ्कलन गरेको छ । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु.१९ हजार ९ सय राजश्व सङ्कलन गरेको छ ।

चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट रु १० करोड ६० लाख ७२ हजार नौ सय आठ, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट रु. ८३ लाख ५७ हजार ८५ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट रु.४५ लाख छ हजार पाँच सय २५ राजश्व सङ्कलन गरेको छ ।

jutta mela

यस्तै चालु आवमा कार्यालयको बेरुजु रकम रु. एक लाख १८ हजार ८ सय रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताए । त्यसैगरी यातायात व्यवस्था कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा विभिन्न राजश्व शीर्षकबाट रु. ६३ करोड ९४ लाख ३० हजार ४१४ राजश्व सङ्कलन गरेको उनले जनाए ।

जसअन्तर्गत कार्यालयले सवारी साधन कर शीर्षकबाट सबैभन्दा बढी रु. ४७ करोड १७ लाख ७२ हजार १४४ र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्क शीर्षकबाट रु. २० हजार राजश्व सङ्कलन गरेको थियो ।

यस्तै चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट रु. १५ करोड ४२ लाख ७६ हजार ७२५, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट रु. एक करोड २२ लाख ६ हजार ५० र व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु. ९ लाख ९२ हजार १५ राजश्व सङ्कलन गरेको छ ।

यस आर्थिक बर्षमा बेरुजु रकम रु. एक लाख ६३ हजार ४८० रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताए । यस्तै कार्यालयले आर्थिक बर्ष २०७८/७९ मा विभिन्न राजश्व शीर्षकबाट रु. ५५ करोड ३६ लाख ४६ हजार १९२ राजश्व सङ्कलन गरेको जनाइएको छ । रासस

You might also like

Comments are closed.