‘नेपाली अब युरो कपमा’ लक्की ड्र मार्फत विजेता घोषणा

काठमाडौं । साईमेक्स् इन्क. प्रा. लि. को नेपालका लागि आधिकारिक वितरक बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले आयोजना गरेको नेपाली अब युरो कपमा अन्तर्गत लक्की ड्र मार्फत विजेता घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

विजेताले जर्मनीमा हुने UEFA यूरो कप २०२४, खेलमैदानमा उपस्थित भई प्रत्यक्ष खेल हेर्ने मौका पाएका छन् । यस आयोजना अत्यन्तै रोचक रहेको र विजेतालाई अविस्मरणीय अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।

साईमेक्स् इन्क. प्रा. लि. ले यो सुवर्ण अवसरको लागि फेब्रुअरी २६, २०२४ देखि मे ५ सम्म बिवाइडी गाडी बुकिङ गर्ने ग्राहकबाट ११ जना भाग्यशाली ग्राहक लक्की ड्र बाट चयन गरी विजेता घोषित गरिएको हो ।

बिवाइडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र साईमेक्स् इन्कका अध्यक्ष अनिल श्रेष्ठले संयुक्त रुपमा लक्की ड्र कार्यक्रममार्फत विजेता घोषण गरे । दुई चरण गरी लक्की ड्र बाट विजेता घोषणा गरिएको छ ।

पहिलो चरणका विजेताको नामावली निम्नानुसार छन्,
बिवाइडी कस्टमर कार्निभल: जयराम न्यौपाने
कोड नम्बरः  ४०७ शास्वत गौतम
कोड नम्बरः  ०७४ श्यामसुन्दर श्रेष्ठ र सुदर्शन श्रेष्ठ
कोड नम्बरः  ०८८ बिजेन्द्र शाक्य
कोड नम्बर:  ३७३ कबिनराज श्रेष्ठ
कोड नम्बरः  ०२६ दिनेश प्याठा

jutta mela

दोस्रो चरणका विजेताको नामावली निम्नानुसार छन्,

कोड नम्बर: ६६२ गणेश कँडेल
कोड नम्बर: ६५३ डा. ममता क्षेत्री र डा जगदीश तिमिल्सिना
कोड नम्बर:  ६८२ प्रदीप पौडेल
कोड नम्बरः  १६२ सगरमाथा टेलिभिजन र बिमल गुरुङ
कोड नम्बर: ६९१ जयप्रकाश दास
कोड नम्बर: २०० सजिना पाण्डेय

कम्पनीका अध्यक्ष समीर श्रेष्ठले नेपाली अब युरो कपमाझ योजनाको ११ भाग्यशाली विजेतालाई बधाई दिन पाउँदा खुशी लागेको बताउँदै यस किसिमका योजनाले ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने, खेलकुद क्षेत्रमा सक्दो सहयोग गर्ने बताए । साथै योजनालाई सफल बनाउने बिवाइडी र सम्पूर्ण UEFA यूरो कप २०२४ टिमलाई धन्यवाद दिदै आफू योजनाबाट अत्यन्तै उत्साहित भएको समेत बताए ।

यो योजना साईमेक्स् इन्क. प्रा. लि.को लागि अत्यन्तै महत्त्वपूर्ण रहेको छ । ग्राहकको लागि फरक खालको अनुभव र अवसर सिर्जना गर्दै विद्युत्तिय सवारीसाधन उद्योगमा निरन्तर नवीनतम प्रविधिको साथ उत्कृष्ट सुविधा दिने बिवाइडीको लागि यसले फुटबल खेलको नजरबाट मात्र नभइ आफ्ना ग्राहकको लागि महत्वपूर्ण योगदान दिने कम्पनीले जनाएको छ ।

नेपाली अब युरो कपमाझ योजनाका विजेतालाई साईमेक्स् इन्क. प्रा. लि. ले व्यक्तिगत रुपमा सम्पर्क गर्नेछ । कम्पनीले सम्पूर्ण योजानामा सहभागी सबैलाई उत्साहजनक सहभागिताको लागि धन्यवाद दिदै भविष्यमा थप रोमाञ्चक योजना लिएर आउने प्रतिबद्धता गरेको छ ।

You might also like

Comments are closed.