समृद्धि फाइनान्सको सहयोगमा विपन्न विद्यार्थीलाई स्टेशनरी वितरण

काठमाडौं । समृद्धि फाइनान्सले कसाह शाखा र खरेन्द्रपुर शाखाबाट स्टेशनरी वितरण गरेको छ ।

कसाह चियाबारीको आधारभुत विद्यालयका ३० जना र खरेन्द्रपुर दकहीयाको राष्ट्रिय आधारभुत विद्यालयका ३० विपन्न, जेहेन्दार विद्यार्थीलाई कापी र कलम वितरण गरिएको हो ।

फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमको सूचीमध्यको सो कार्यक्रम खरेन्द्रपुर शाखाले शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा र कसाह शाखाले वडाध्यक्ष रामभरोश यादवको अध्यक्षतामा सम्पन्न भएको जानकारी दिएको छ ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक महिनाको लागि फरक–फरक कार्यक्रम तय गरेको छ भने आगामी महिनाको लागि विभिन्न समयमा विविध कार्यक्रम आयोजना गर्ने तालिका रहेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु निःशुल्क प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.