सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा महेन्द्र राष्ट्रिय माविका विद्यार्थीलाई स्कुल झोला

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड काठमाडांैले महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल झोला वितरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम सञ्चालन गरेसंगै यस विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीलाई २ सय÷२ सय थान स्कूल झोला, कापी र कलम वितरण गरेको बैंकले जनाएको छ ।

सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालक अधिकृत अपूर्वप्रसाद जोशी र महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक देवराज गुरुङ सहभागी थिए । यस कार्यक्रमले विद्यार्थीमा हर्ष र सकारात्मक उर्जा थपिएको अनुभुति पाइएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालय, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

You might also like

Comments are closed.