काठमाडौं । हब इन्टरनेशनल एजुकेशनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर आयोजना गर्ने भएको छ । हात्तीसरमा अवस्थित आफ्नै कम्प्लेक्समा मे १८ (जेठ ५) २०२४, बहुप्रतीक्षित ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर २०२४ आयोजना गर्ने भएको जानकारी दिइएको छ ।
यस कार्यक्रमले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि उत्कृष्ट शैक्षिक परामर्श लिन सहयोग पुग्नेछ । यूके, आयरल्याण्ड, क्यानडा, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, न्युजिल्याण्ड, भारत र दुबई लगायत ८ भन्दा बढी देशका ३० भन्दा बढी युनिभर्सिटी र इन्स्टिच्युटका प्रतिनिधिले लक्षित विद्यार्थीलाई प्रत्यक्ष साक्षात्कार गर्ने बताइएको छ ।
यसबाहेक विद्यार्थीले छात्रवृत्ति अवसर र अन्य विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्ने मौका पाउनेछन् । ग्रान्ड मल्टि डेस्टिनेसन एजुकेशन फेयर २०२४ मा भाग्यशाली विजेताले स्मार्टफोन, फूड भाउचर, चलचित्र टिकटहरू र अन्य धेरै रोमाञ्चक उपहारहरू प्राप्त गर्न सक्नेछन् । सहभागीले उच्च शिक्षाको मार्ग कोर्दै रोमाञ्चक खेलहरू र गतिविधिमा समेत भाग लिएर प्रशस्त उपहार हात पार्न सक्ने राम्रो अवसर छ ।
यो कार्यक्रम शैक्षिक मेला मात्र होइन; यो विदेश अध्ययन गर्न जाने इच्छुक विद्यार्थीको लागि महत्वपूर्ण अवसरको प्रवेशद्वार रहेको हब इन्टरनेशनल एजुकेशनका चेयरम्यान उद्वबबहादुर खड्काले जानकारी दिए ।
Comments are closed.