आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको केएल टावरको शाखा अब महाराजगञ्जमा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको शाखा कार्यालय स्थानान्तरण गरिएको छ ।

काठमाडौं महानगरपालिका ७ स्थित केएल टावरमा रहेको शाखा कार्यालयलाई काठमाडौं ३ स्थित महाराजगञ्जमा स्थानान्तरण गरिएको संस्थाले जनाएको छ ।

ग्राहकलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने र कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष बृद्धि गर्दै लैजाने उद्देश्यले शाखा कार्यालय चाबहिलबाट महाराजगञ्जमा स्थानान्तरण गरिएको हो ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले हरेक क्षेत्रलाई समेट्दै निर्जीवन बीमाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले र बीमा व्यवसायमा अझ फराकिलो पार्दै कम्पनीले आफ्नो शाखाहरु थप्दै लैजाने जानकारी गराएको छ ।

आजैबाट स्थानान्तरण गरिएको शाखा कार्यालय महाराजगञ्जबाट ग्राहकलाई निर्जीवन बीमा सम्बन्धी सबै सेवाहरु सजिलै उपलब्ध गरिने बताइएको छ ।

You might also like

Comments are closed.