काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ९ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक ० दशमलव ४७ प्रतिशतले घटेर २ हजार १७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो ।
आज ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता शेयर ५५ हजार ८६२ पटक खरिदबिक्री हुँदा रु ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ बराबरको कारोबार भएको छ ।
उत्पादन तथा प्रशोधन समूह १ दशमलव ४०, म्युचुअल फण्ड १ दशमलव १७ र व्यापार समूह १ दशमलव १६ प्रतिशतले बढेको छ भने अरु सबै समूहका उपसूचक घटेको छ । सबैभन्दा धेरै घट्नेमा भने जलविद्युत् र होटल तथा पर्यटन समूह ० दशमलव ८० र अन्य समूह ० दशमलव ९४ प्रतिशतले घटेको छ ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै पिपुल्प पावर लिमिटेडको रु ११ करोड ८९ लाख ९५ हजार ३६४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने साङ्ग्रीला डेभलपमेन्ट बैंक लिमिटेडको सबैभन्दा बढी २ लाख ४१ हजार ८९७ कित्ता शेयर किनबेच भएको छ । रासस
Comments are closed.