नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक ० दशमलव ७९ अङ्कले उकालो लागेर २ हजार १८ दशमलव ७६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्यदशमलव २७ अङ्कले उकालो लागेर ३५८ दशमलव ३७ मा पुगेको छ । कूल ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर रु ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४०३ मूल्य बराबर कारोबार भएको छ ।

हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सिर्जनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । स्वाभिमान लघुवित्त ९ दशमलव ९४, सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ६१ प्रतिशतले कमाएका छन् ।

यस्तै माण्डु हाइड्रोपावर ५ दशमलव ७६, पिपल्स पावर ५ दशमलव २६, नेपाल फाइनान्स ४ दशमलव १२, एभरेष्ट बैंक ३ दशमलव ९४ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले ३ दशमलव ९२ प्रतिशतले गुमाएका छन् । रासस

lcci
You might also like

Comments are closed.