नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा रु २० अर्ब ९५ करोड ८७ लाख ६४ हजार चार सय ५० राजस्व सङ्कलन गरेका हुन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका सूचना अधिकारी कोष नियन्त्रक जीतनारायण महतोले जिल्लामा सङ्कलन भएको राजस्वमध्ये सङ्घीय सरकारलाई जाने राजस्वतर्फ रु २० अर्ब ५० करोड ६९ लाख ५५ हजार ७७९ एवं गण्डकी प्रदेश सरकारको खातामा दाखिला हुने रु ४५ करोड १८ लाख ८८ सय ७९ सङ्कलन भएको जानकारी दिए ।
आन्तरिक राजस्व कार्यालय कावासोतीले रु २० अर्ब ३३ करोड ८० लाख ९७ हजार ७३२ राजस्व सङ्कलन गरेको महतोले बताए । यसैगरी, सङ्घीय सरकारलाई जाने राजस्वतर्फ जिल्ला प्रशासन कार्यालय नवलपुरले रु ८ करोड ३९ लाख ५१ हजार १२०, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले रु २ करोड ४२ लाख १७ सय ११, जिल्ला अदालत नवलपुरले रु १ करोड ५७ लाख ७७ हजार ७९९, त्रिवेणी भन्सार कार्यालयले रु १ करोड ५८ लाख ५१ हजार ६४७ राजस्व सङ्कलन गरेका महतोले बताएका छन् ।
जिल्लास्थित गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये यस वर्षको वैशाख मसान्तसम्ममा यातायात व्यवस्था कार्यालयले रु २५ करोड ६९ लाख ३९ हजार २२७, मालपोत कार्यालयले रु १२ करोड ९१ लाख ६१ हजार ६२७, डिभिजन वन कार्यालयले रु ४ करोड ५२ लाख ८१ हजार ८५४ राजस्व सङ्कलन गरेका छन् । रासस
Comments are closed.